अछामको पञ्चदेवल विनायक : वित्तीय पारदर्शितामा सुदूरपश्चिमको नमुना नगरपालिका

अछाम– वित्तीय अनुशासन र पारदर्शितामा उल्लेखनीय सफलता हासिल गर्दै अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका सुदूरपश्चिम प्रदेशभरकै नमुना पालिकाको रूपमा स्थापित भएको छ।

महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार, पञ्चदेवल विनायकको बेरुजु दर जम्मा ०.२७ प्रतिशत रहेको छ, जुन प्रदेशका ८८ स्थानीय तहमध्ये सबैभन्दा न्यून हो। दोस्रो स्थानमा डडेल्धुराको अजयमेरु गाउँपालिका ०.३१ प्रतिशत बेरुजुसहित रहेको छ।

देशव्यापी रूपमा हेर्दा भने काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका पूर्ण रूपमा बेरुजुमुक्त रहेको उल्लेख गरिएको छ, जुन ७५३ पालिकामध्ये उत्कृष्ट उपलब्धि मानिन्छ।

पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनमा गरेको निरन्तर प्रयासकै कारण पञ्चदेवल विनायक नगरपालिका उदाहरणीय बन्दै गएको सरोकारवालाहरूको भनाइ छ। यस्ता अभ्यासहरूले स्थानीय तहमा जनविश्वास बढाउनुका साथै समुन्नत प्रशासनिक कार्यशैलीको पनि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित