दोधाराचाँदनी–६ मा ३०२ जनालाई विभिन्न सीपमूलक तालिम, आत्मनिर्भरताको दिशामा अगाडि बढ्दै स्थानीय

महेन्द्रनगर। दोधाराचाँदनी नगरपालिका–६ का ३०२ जना स्थानीयले विभिन्न सीपमूलक तालिम पाएका छन् । वडाध्यक्ष ओम बस्नेतको पहलमा सञ्चालन भएका तालिमहरू स्वरोजगार र आत्मनिर्भरता बढाउने उद्देश्यले दिइएको थियो ।
त्यस्त, हालै सम्पन्न ३ महिने ब्यूटीसियन तालिममा २२ जना महिलाले तालिम लिएका छन् । प्रशिक्षक अमृता भट्टका अनुसार सहभागीहरूले फेसियल, मेकअप लगायतका सीप सिकेका छन् । प्रशिक्षार्थी हिरा भट्टले गाउँमै तालिम पाउँदा आफूहरू उत्साहित भएको बताइन् ।

अध्यक्ष बस्नेतका अनुसार, वडामा अहिलेसम्म कम्प्युटर, प्लम्बिङ, इलेक्ट्रिसियन, मालापोते, सिलाई–कटाई र कृषि तालिमसमेत दिइएको छ । तालिम पाउनेमध्ये २२८ जना कम्प्युटर, २० जना प्लम्बिङ÷इलेक्ट्रिसियन, २० जना मालापोते, २५ जना सिलाई–कटाई, १५ जना कृषि तालिम र २२ जनालाई ब्यूटीसियन तालिम दिइएको हो ।

‘आवश्यक परे एडभान्स तालिम पनि दिन तयार छौ । तालिमपछि सामुहिक रूपमा ब्यूटीपार्लर खोल्न चाहनेलाई वडा कार्यालयले आधा लगानी गर्नेछ, कृषि क्षेत्रमा पनि सामुहिक लगानी गरिने र गाउँमै सामुहिक कृषि गर्न चाहनेहरूको सूची बनाएर, बीउ–विजनदेखि बजारीकरणसम्मको जिम्मा वडा कार्यालय लिने छ ।’ अध्यक्ष बस्नेतले भने ।

ब्यूटीसियन तालिम व्यवसायिक तथा सीप विकास कार्यालय कञ्चनपुर र वडा कार्यालयको सहकार्यमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित