प्रतिनिधि सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसम्मत पारित

काठमाडौं ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ सर्वसम्मत रुपमा पारित गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले “विधेयकलाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सो प्रस्तावलाई सभाका बहुमत सदस्यहरूले समर्थन गरेसँगै सभामुख देवराज घिमिरेले विधेयक सर्वसम्मत रुपमा पारित भएको घोषणा गर्नुभयो।

अब यो विधेयक पारित भएसँगै शहीद दशरथ चन्दको नाममा स्थापना हुने स्वास्थ्य विज्ञान विश्वविद्यालय कानुनी रूपमा अगाडि बढ्ने बाटो खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित