बहुमतका युवाद्वारा भ्रष्टाचार गर्ने भन्दै कञ्चनपुरका डिएफओ ठाकुरलाई मोसो

कञ्चनपुर, ८जेठ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख(डिएफओ) रामबिचारी ठाकुरलाई मोसो दलिएको छ । नेकपा बहुमत निकट कम्युनिष्ट युवा संगठनका नेता कार्यकर्ताहरुले (डिएफओ) ठाकुरलाई मोसो दलेको हो ।

बिहीबार ठाकुरकै कार्यकक्षमै गएर उनीहरुले मोसो शरिरमै छापेका थिए । कम्युनिष्ट युवा संगठन नेपालको समाजिक सञ्जाल फेसबुक पेजमा पोष्ट भएको भिडियो अनुसार मोसो दल्न गएका युवाहरुले भ्रष्टाचार गर्ने भन्दै प्रशन गरिरहेका थिए । कम्युनिष्ट युवा संगठन नेपालले मोसो दलेको भिडियो अनुरुप डिएफओ ठाकुरले काठमा भ्रष्टाचार गरेकोे दावि गरेको देखिन्छ ।

आफुमाथि कार्यकक्षमै पुगेका सेवाग्राहीका रुपमा आएका तीन युवाहरुले खल्लामछेट्टीका काठ तस्करमाथि किन कार्बाही नगरेको भन्दै प्रशन गरेर एक्कासी मोसो फालेर गएको कञ्चनपुरका डिभिजन वन अधिकृत रामबिचारी ठाकुरले बताए । ‘म कार्यकक्षमै बसेका थिए, तीन युवा भित्र आए एक बाहिरै रहेछन, ‘उनले भने, ‘काठ तस्करमाथि किन कार्बाही नगरेको भन्यो, मैले भने तीन बर्ष अघिको घटना मलाई थाहा छैन भन्दै थिए, मोसो फालेर गए ।’

आफुले काठदेखि कुनैपनि योजनामा भ्रष्टाचार नगरेकोे उनको दावि छ । उनले आफुले अनैतिक काम गरेकोे भए छानबिन गर्न समेत सरोकारवाला निकायसंग आग्रह गरेका छन ।
कञ्चनपुरमा आउने वन अधिकृतले लामो रकम मोलमोलाई गरेकोे आउने यस अघि पनि जिल्लाकै दलहरुका नेता कार्यकर्ताहरुले बताईरहेका थिए । केही बर्ष अघि संघीय संसदको अनुगमनका क्रममा काँग्रेसका एक नेताले कञ्चनपुर आउने डिएफओले सामुदायिक वन, काठ व्यवसायी, तस्करबाट लाखौँ रकम घुस आउने भएपछि जिल्लामा सरुवा भएर आउँदा पनि लाखौँ रकम राजनैतिक, प्रशासनिक पहुँचका भरमा आउने गरेको धारणा सार्वजनिक गरेका थिए ।

यस अघि पनि एक वन अधिकृतले मदिरा सेवन गरेर सुप प्रदेशभरीका डिएफओ कार्यालयबाट कमिसन आउने भिडियो सार्वजनिक भएको थियो । यसरी वन सेवा भन्दा पनि केही भ्रष्ट कर्मचारीका लागि कमाउने धन्दाका भएपनि वास्तविक जनताले घर बनाउन समेत काठ नपाउने अवस्था सृजना भएको नागरिकको गुनासो छ ।

यस अघि पनि नागरिक स्तरमा सामुदायिक वनको काठ कटानी, छुटपुर्जी, आपूर्तिको काठ वितरण, काठ व्यवसायीबाट कमिसन, पहुँचवाला काठ तस्करलाई छुट, दाउरा ल्याउनेमाथि कार्बाही भएको गुनासो बढिरहेको थियो ।
बहुमत युवाहरुले भ्रष्टाचारी भन्दै जिल्लाकै डिभिजन वन कार्यालयका प्रमुखलाई मोसो दलेपछि त्यसको पक्ष र विपक्षमा टिकाटिप्पणी भईरहेका छन ।

भ्रष्टाचार कर्मचारी अख्तियार सरकारसंग नडराउने यस्तै कार्बाही गर्नुपर्छ भन्दै केही नागरिकले धारणा सार्वजनिक गरिरहेका छन, भने, केहीले राष्ट्रसेवक डिएफओले गल्ती गरेपनि कानुन अनुरुप कार्बाही गनुर््पर्ने दुव्र्यवहार गर्न नहुने तर्फ राखिरहेका छन ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी सुबास कुँवरले मोसो दल्न आएका युवाहरुले यस अघि पनि कार्यालयमा आफ्ना बिमतीबारे कुनैपनि विषयमा छलफल नभएको बताए ।

‘उहाँहरु आएर डिएफओ सापकै कार्यकक्षमा काठ तस्करीको विषयमा छलफल गरिरहेका थिए, ‘उनले भने, ‘मत केही छिनमै बाहिर आए पछि हाकिम सापलाई मोसो दलेको थाहा पाए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित