आठ वर्षपछि ‘महानायक’ राजेश हमालको भव्य कमब्याक ‘नरसिंह अवतार’ आजदेखि प्रदर्शनमा

काठमाडौं । नेपाली सिने जगतमा ‘महानायक’ भनेर चिनिने अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि पुनः ठूलो पर्दामा फर्किएका छन्। शुक्रबार रिलिज अन्तर्गत आजबाट प्रदर्शनमा आएको चलचित्र ‘नरसिंह अवतार’ मा हमाल मुख्य भूमिकामा देखिएका छन्।

चलचित्रको निर्देशन दिवाकर भट्टराईले गरेका छन्। हमालसँगै राज कटुवाल, नीति शाह, सन्शा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजभी जंग बस्नेत, रमेश चन्द सोडारी र दीपा शाही लगायतका कलाकारले अभिनय गरेका छन्।

‘नरसिंह अवतार’ क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण गरिएको हो। चलचित्रमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको संयुक्त लगानी रहेको छ।

प्राविधिक पक्षमा राजु विक्रम थापाले छायांकन तथा साहिल खानले सम्पादनको जिम्मेवारी सम्हालेका छन्।

वर्षौंको पर्खाइपछि हमालको पुनरागमन भएकोले चलचित्रप्रति दर्शकको चासो उच्च रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित