एमाले अध्यक्ष ओली भोलि महेन्द्रनगर आउँदै, चुनावी सभालाई सम्बोधन गर्ने

27
VIEWS

महेन्द्रनगर -नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न भोलि महेन्द्रनगर आउने भएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न ओली भोलि महेन्द्रनगर आउन लागेका हुन् ।

नेकपा एमाले कञ्चनपुरका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख कर्णबहादुर चन्दले शुक्रवार दिउँसो २ बजे सुरु हुने चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

चुनावी सभाको तयारीका लागि विभिन्न समिति र उपसमितिले काम गरिरहेको उपसचिव चन्दले बताए । ‘जिल्लास्तरीय चुनावी सभामा जिल्लाभरबाट नेता, कार्यकर्ता सहभागी हुनेछन्,’ उनले भने ।

अध्यक्ष ओलीले शुक्रवार दार्चुला, बैतडी र कञ्चनपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रियताको रक्षार्थ अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भूभाग रहेको दार्चुला जिल्लाबाट चुनावी प्रचारप्रसार सुरु गर्न लागेका एमालेले जनाएको छ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार