“हरिकिशन रानाको रहस्यमय मृत्युमा उब्जिएका प्रश्नहरू”

बेलडाँडी । एक हाँसिला अनुहार, परिवारको धुरी, गाउँलेहरूका दुःखमा साथ दिने, साना कुरा नचुपाउने, कसैको अन्याय सहन नसक्ने नाम थियो – हरिकिसन राना । बेलडाँडी गाउँपालिका–३ कमरीका भैंसीपालक किसान हरकिशन रानाको रहस्यमय मृत्युले एक महिना क्रस गरेको छ । अझै घटना अज्ञात नै छ ।

बैशाख ९ गते एका बिहानै बेलौरी–१०, शिवनगरस्थित निर्मल आर्यघाट नजिकै जलिरहेकोे मोटरसाइकलसँगै फेला परेको उनको शवले गाउँको मुटु हल्लायो, सहरलाई चकित पा¥यो । तर त्यो नाम एउटा जलेको मोटरसाइकलसँगै खरानी भयो । अनि शुरु भयो हरकिशन रानाको मृत्युप्रति आम नागरिकमा उब्जिएका गम्भीर प्रश्नहरूको आगो–

हरकिशन राना किन मारिए होलान् ?
– के उनको मृत्युसँग आर्थिक लेनदेनको विषय जोडिएको थियो ?
– के कसैले उनीसँग व्यक्तिगत रिसइवी राखेको थियो ?

को–को थिए हरकिशन रानाका सम्भावित दुस्मन ?
– के गाउँभित्रको कुनै समूह वा व्यक्तिसँग लामो समयदेखि विवाद थियो ?
– के उनी कुनै संवेदनशील मुद्दामा स्पष्ट बोल्ने बानीका कारण लक्षित भए ?

के उनको भैंसीपालन व्यवसाय नै कारण थियो?
– के उनले कसैको अवैध धन्दा वा स्वार्थमा बाधा पु¥याएका थिए ?

के उनी गाउँमा कुनै राजनीतिक वा सामाजिक क्रियाकलापमा सक्रिय थिए ?
– यदि हो भने, के त्यही भूमिकाले उनलाई शत्रु बनायो ?

मृत्युपूर्व उनको व्यवहारमा केही अस्वाभाविक परिवर्तन देखिएको थियो कि ?
– के उनले कसैसँग डर वा चिन्ता व्यक्त गरेका थिए ?

उनीसँग अन्तिम पटक सम्पर्क गर्ने व्यक्ति को थिए ?
– मृत्युपूर्व राति वा विहान उनी कोसँग भेटेका थिए ?

घटनास्थलमा उनको जलेको मोटरसाइकल – के त्यो आत्महत्या हो त? कि योजनाबद्ध हत्या ?
– के शवको अवस्थामा बलपूर्वक केही भएको संकेत थियो ?

प्रहरी अनुसन्धान किन यति ढिलो भइरहेको छ ?
– के प्रहरीमाथि कुनै दबाब छ? वा अनुसन्धानमा लापरवाही ? वा प्राविधिक रिपोर्ट आउन बाकी ?

हरकिशन रानाले आफूलाई खतरा रहेको संकेत पहिले नै दिएका थिए कि ?
– के उनले कोहीबाट धम्की पाएका थिए ?

उनको मृत्युलाई ‘दुर्घटना’ देखाउने प्रयास भइरहेको त छैन ?
– के कुनै शक्तिशाली समूह यो घटना दबाउन खोजिरहेको छ ?

यस्ता हजारौं सवालहरु उत्तर खोजिरहेका छन् । आशा गरौं हजारौं सवालको उत्तर एकैपटक प्रहरीबाट तथ्य सहित आउने नै छ ।

एक साधारण किसानको यस्तो भयावह अन्त्यले आम मानिसमा शंका जन्माउनु अस्वाभाविक होइन। आज, यस्ता प्रश्नहरू गाउँ देखि सहरका गल्ली, चौतारी, चिया पसलदेखि सदनसम्म घन्किरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित