कञ्चनपुर नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा उत्तमसिंह विष्ट निर्वाचित भएका छन्। झलारीमा सम्पन्न अधिवेशनमा विष्टले आफ्नी निकटतम प्रतिस्पर्धी भुवनेश्वरी थापा (रावल)लाई ६९ मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।
विष्टले १०३ मत प्राप्त गरेका थिए भने रावलले ३४ मत ल्याएकी थिइन्। यसअघि विष्ट संगठनका सचिव र रावल उपाध्यक्षको जिम्मेवारीमा थिए।
अन्य पदाधिकारी तथा सदस्यहरू भने सर्वसम्मत रूपमा चयन भएका छन्। उपाध्यक्षमा चन्द्रबहादुर थापा र कुमारी सत्या रोकाया, सचिवमा धनञ्जय जोशी, कोषाध्यक्षमा छविराज पाण्डेय, सहसचिवमा गीता रेग्मी र सहकोषाध्यक्षमा निर्मला जोशी चयन भएका छन्।
त्यस्तै सदस्यतर्फ टिकाराम शर्मा, लक्ष्मीदत्त भट्ट, रुद्रुकार जोशी, प्रेमसिंह भण्डारी, खेमराज जोशी, रामबहादुर कुँवर, दयाकृष्ण जोशी, सत्यराज जोशी, सालिकराम खराल, रामप्रसाद जैसी, मैना पण्डित, लक्ष्मी खडका, दुर्गा विष्ट, चन्द्रदत्त भट्ट, जानकी राना, डिलमाया विक र दिपेन्द्रकुमार चौधरी निर्विरोध निर्वाचित भएका छन्।
प्रदेश प्रतिनिधिमा निर्विरोध चयन हुनेहरूमा जगदीशप्रसाद जोशी, वकिलबहादुर बस्नेत, अङ्कराज चौधरी, अमर बस्नेत, पदमबहादुर सिंह, पुष्पराज ओझा, शंकरसिंह विष्ट, केशवदत्त जोशी, पदमबहादुर साउद, जनकबहादुर विष्ट, लक्ष्मी ढकाल (धामी), कृष्णदत्त भट्ट, ज्योती जोशी, केवशराज जोशी, कुलबहादुर खडका, लक्ष्मीदत्त जोशी, दीपक बोहरा, खडक रेग्मी र कृष्णहरी पण्डित रहेका छन्।
केन्द्रीय प्रतिनिधिमा महेशदत्त भट्ट, चन्द्रलाल चौधरी र वेदप्रकाश उपाध्याय निर्विरोध चयन भएका छन्।
गजेन्द्र केसीको संयोजकत्वमा नवराज पन्त र मनबहादुर केसी सदस्य रहेको लेखा परीक्षण समिति समेत गठन गरिएको छ।
नव निर्वाचित अध्यक्ष विष्टले सार्वजनिक शिक्षाको गुणस्तर सुधार र शिक्षक हितका पक्षमा सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता जनाएका छन्। दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेशामा सक्रिय रहेका विष्टले जिल्लाको शैक्षिक विकृति विरुद्ध संघर्ष गर्दै शिक्षकहरूको हकहितका लागि काम गर्ने घोषणा गरेका छन्।
Discussion about this post