खाल्डो–पहाड र धुलोमै रमाइरहन्थे । त्यही धुलाम्मे मैदान, त्यही जुराबको बल, अनि त्यो बालसुलभ जोश आज इतिहास बन्न पुगेको छ ।
त्यसैले त, राजधानीको ‘बी’ डिभिजन लिगमा चम्किएर फर्किंदा धिरेन्द्र शाह र करन पाललाई फूलमालाले हार्दिक स्वागत गरिनु, त्यो त्यत्तिकै संयोग मात्र होइन — त्यो संघर्ष र सपना साकार भएको एक दृश्य थियो ।
आइतवार झिलमिला युवा समाजले आयोजना गरेको कार्यक्रममा जब धिरेन्द्रलाई फुलमाला अविर र सम्मानपत्र प्रदान गरियो, त्यो क्षण धिरेन्द्रका लागि सपनाले मुर्त रूप लिएको जस्तै थियो । त्यो क्षणमा उनको आँखामा आफ्नो बाल्यकालको त्यो “जुराबको बल“ झल्किरहेको थियो होला — जुन कहिल्यै फुटिएको थिएन, केवल ठूलो हुँदै गएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष इन्द्र बहादुर खड्का र झिलमिला युवा समाजका अध्यक्ष अर्जुन उपाध्यायले धिरेन्द्र र करनलाई बेलडाँडी मात्र होइन, सुदूरपश्चिमकै गौरवको रूपमा प्रस्तुत गरे। धिरेन्द्र अहिले सरस्वती युवा क्लबबाट र करन च्यासल युथ क्लबबाट खेलिरहेका छन् । उनीहरूको प्रतिबद्धता, अनुशासन र मेहनतको कथा अब युवाहरूका लागि प्रेरणा बनेको छ ।
Discussion about this post