सिंहपालका आदर्श शिक्षक खडका सम्मानपूर्वक सेवा निवृत्त

बेलडाँडी । सिंहपाल आधारभूत विद्यालयमा ३८ वर्षभन्दा बढी समयसम्म शिक्षण सेवा प्रदान गरेका आदर्श शिक्षक नैनसिंह खडका सोमवार एक विशेष समारोहबीच सम्मानपूर्वक सेवा निवृत्त हुनु भएको छ । विद्यालय प्रशासनले आयोजित बिदाइ तथा सम्मान कार्यक्रममा खडका सरको योगदानलाई उच्च कदर गर्दै सम्मान पत्र, खादा र माला सहित सम्मान गरिएको हो ।

वि.सं. २०४४ साल माघ २१ गतेदेखि सिंहपाल विद्यालयमा प्रारम्भिक द्वितीय श्रेणी शिक्षकको रुपमा शिक्षण सेवा सुरु गर्नु भएका खडकाले वि.सं. २०८२ साल जेठ १० गतेसम्म निरन्तर रूपमा आफ्नो कर्तव्यमा समर्पित रहेर विद्यालयको चौतर्फी प्रगति र शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको विद्यालयले जनाएको छ ।

सादा जीवनशैली, मिलनसार र शान्त स्वभावका खडका सर विद्यार्थी र अभिभावकबीच अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो। उहाँको विदाइ समारोहमा धेरैजसो विद्यार्थी भावुक बनेका थिए । “अन्य शिक्षकभन्दा फरक ढंगले, अनुशासन र आत्मीयताका साथ पढाउनुहुन्थ्यो,” एक जना विद्यार्थीले भावुक हुँदै भने ।

विद्यालयका एकजना शिक्षकका अनुसार खडका सरले पठनपाठनसँगै विद्यालय व्यवस्थापन, भौतिक पूर्वाधार विकास, सामुदायिक समन्वय र सिर्जनशील कार्यमा समेत सक्रिय सहभागिता जनाउँदै विद्यालयलाई उदाहरणीय बनाउन योगदान पुर्याउनु भएको थियो ।

विदाइ समारोहमा बोल्दै खडकाले आफू सेवा निवृत्त भए पनि विद्यालयलाई जहाँ सक्दो रचनात्मक सहयोग गर्न तत्पर रहने प्रतिवद्धता जनाउनुभयो। “विद्यालय मेरो कर्मथलो हो, यसलाई अझ उचाईमा पु¥याउन म सदैव तयार छु,” उहाँले संक्षिप्त मन्तव्यमा भन्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, स्थानीय प्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मदन साउदले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित