सामुदायिक विद्यालयको शैक्षिक बृद्धिका लागि विद्यार्थी, अभिभावक, शिक्षकलाई उप्रेरणात्मक कार्यक्रम

प्रकास भट्ट/कञ्चनपुर, १२ जेठ । सामुदायिक विद्यालयको शैक्षिक बृद्धि विकासका लागि कञ्चनपुरको एक सामुदायिक विद्यालयले उत्प्रेरणात्मक कार्यक्रम गरेको छ । बेदकोट नगरपालिका २ जडेपानीकोे बैजनाथ माध्यामिक विद्यालयले शैक्षिक बृद्धि विकासका लागि उत्प्रेरणात्मक कार्यक्रम गरेको हो ।

विद्यालयले चालु शैक्षिक सत्र ०८२को शुरुवातमै त्रिपक्षीय रुपमा उत्प्रेरणात्मक कार्यक्रम गरेको जनाएको छ ।
बैजनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक नवराज पन्तले सामुदायिक विद्यालय सुधारका लागि एकै पटक विद्यार्थी, अभिभावक र शिक्षकलाई उत्प्रेरणात्मक कार्यक्रम गरेको बताए ।

‘सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई विद्यार्थी र विद्यालयकोे बृद्धि विकासमा चासो नै राख्दैनन, ‘प्रअ पन्तले भने, ‘अभिभावकले चासो नराख्दासम्म विद्यार्थीको सिकाईमा समेत प्रभावकारीता आउँदैन, त्यसैले अभिभावक लक्षित गरेर हामीले उत्प्रेरणात्मक कार्यक्रम गरेका हौँ ।’

अभिभावकलाई विद्यार्थी र विद्यालयप्रति थप जिम्मेबार बनाएर सामुदायिक विद्यालय सुधारका कार्यक्रम गर्न लागिएको प्रअ पन्तले बताए ।
‘हामीले शिक्षक सहित विद्यार्थी र अभिभावकलाई समेत शिक्षण सिकाईका लागि जिम्मेबारी बनाउन खोजेका छौँ, ‘प्रअ पन्तले भने, ‘यस पटक हामीले जिल्लामै पहिलो पटक कार्यक्रम गर्न सफल भएका छौँ ।’

विद्यार्थीको थप सिकाईमा अभिबृद्धि गर्दै गुणस्तरिय शिक्षा दिन खोजिएको प्रअ पन्तले बताए । साँङ्गितिक प्रार्थना व्यवस्थापन र असल विद्यार्थी अभिभावक, शिक्षक बनाउन थप उप्रेरणा दिन खोजिएको प्रअ पन्तको भनाई छ । संघीय सरकारबाट उक्त विद्यालय नमुना छनौट भएको थियो ।

सामुदायिक विद्यालय सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावकलाई आ–आफ्नो क्षेत्रमा कर्तव्य बोध गराईनेछ । विद्यालयले अबको ५ बर्षेँ योजना बनाएर अघि बढ्ने बताए । प्रअ पन्तका अनुसार प्रशिद्ध मोटिभेटर तथा कालिका मानव ज्ञान बुटबलका शिक्षक हरिश वलीले प्रशिक्षण दिएका छन । उनले अभिभावक विद्यार्थीलाई हासाउनेदेखि रुवाएर मनछुने उत्प्रेरणा जगाएका छन ।
तीनै दिन मोटिभेटर वलीले विद्यार्थी, अभिभावक र शिक्षकलाई शिक्षण सिकाई कार्यक्रम प्रभावकारी पार्नका लागि तीनैको आ–आफ्नो जिम्मेबारी भएकाले सोही अनुुरुप नियमित जिम्मेबारी निर्वाहमा जोडदिए ।

‘विद्यार्थीलाई विद्यालयको कक्षा कोठासम्म अध्ययनमा अभिरुची बृद्धिका लागि उसलाई अभिभावकले तयार पार्नेदेखि शिक्षकले प्रार्थना गराएर विद्यार्थीको मनोविज्ञान तयार पार्नुपर्छ, ‘उनले भने, ‘तब मात्रै विद्यार्थीको सिकाई प्रभावकारी हुन्छ ।’

शनिबारदेखि सोमबारसम्म संचालन भएको कार्यक्रममा विद्यालयले मेटिभेटर वलीलाई प्रसंसा पत्र सहित सम्मान गरिएको छ । विद्यालयले संचालन गरेको उक्त कार्यक्रम प्रभावकारी भएको विद्यार्थी, अभिभावक, शिक्षकले बताएका छन । विद्यार्थी महेश रानाले विद्यालयमा नियमित पार्थनादेखि पढाईमा हुने कार्यक्रम भन्दा फरक कार्यक्रममा सहभागि हुन पाएकोमा केही सिकाई थपिएको बताए ।

‘हामीलाई विद्यालयको गेट प्रवेस गर्दा पिटीपरेटदेखि कक्षा कोठासम्म पुग्दा नयाँ सिकाई भयो, ‘उनले भने, ‘यो कार्यक्रमले हामीलाई थप सिकाई अभिबृद्धि गरायो ।’ उक्त विद्यालयकी पुर्व विद्यार्थी समेत रहेकी अभिभावक जानकी कार्कीले पहिलो पटक उक्त कार्यक्रममा सहभागि हुन पाएको बतार्ईन ।

‘यो हामी अभिभावक, विद्यार्थी, शिक्षकका लागि निकै प्रभावकारी कार्यक्रम हो, ‘उनले भनिन, ‘कार्यक्रमले अभिभावलाई विद्यार्थीको पढाईमा चासो बढाएको छ ।’ विद्यालयका सहायक प्रद्यानाध्यापक थिरेन्द्र प्रशाद भट्टले विद्यार्थी, अभिभावक र शिक्षकलाई एकै थलोमा राखेर कार्यक्रमले सामुदायिक विद्यालयको बृद्धि विकासमा टेवा पुग्ने बताए ।

बेदकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव पदमराज भट्टले सामुदायिक विद्यालयप्रति अभिभावक जागरुक नहुँदा कार्यक्रमले थप टेवा पुग्ने बताए । ‘विद्यालयले गरेको उत्प्रेरणात्मक कार्यक्रमले शैक्षिक सुधार हुने देखिन्छ, ‘उनले भने, ‘सामुदायिक विद्यालयले यस्ता कार्यक्रम गरेर थप शिक्षक, अभिभावक, विद्यार्थीमा अभिरुची थपेको छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बेदकोट २का वडाध्यक्ष नरेश बहादुर सिहले सामुदायिक विद्यालय रुपान्तरण अभियानका लागि उक्त कार्यक्रम प्रभावतकारी हुने बताए । अध्यक्ष सिहले विद्यार्थी, अभिभावक, शिक्षकहरुमा थप उत्प्रेरणात्मक कार्यक्रम संचालन गरेर विद्यालयको बृद्धि विकास गरिने बताए ।

बेदकोट नगरका मेयर भोजराज बोहराले कार्यक्रम मार्फत विद्यार्थीका पठन पाठनमा अभिरुची थपेको, अभिभावकलाई कर्तव्य बोध गरेको र शिक्षकलाई समेत थप जिम्मेबार बनाएको बताए । ‘अहिले तीन दिनमा सिकेका विषय तीन दिनमा मात्रै सिमित राख्ने होईन, ‘मेयर बोहराले भने, ‘निरन्तरता दिनुपर्छ, यसले विद्यार्थीको जिवनमै क्रान्तिकारी परिर्वतन ल्याउँछ ।’

उत्प्रेरणात्मक कार्यक्रमले विद्यार्थीको जिवनभर सकारात्मक सुधारले समग्र शिक्षा क्षेत्रमा टेवा पुग्ने बताए । ०३३ सालमा स्थापना भएको विद्यालय संघीय सरकारले नमुना विद्यालयमा छनौट गरेको थियो । हाल हजार बढि विद्यार्थी अध्ययनरत छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित