मुख्यमन्त्री शाहको आग्रह: ‘असंख्य योजना होइन, आवश्यकता आधारित योजना छानौं’

कैलाली ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विकास निर्माणमा प्रभावकारिता ल्याउन स्थानीय तहलाई आवश्यकता आधारित योजना छनोट गर्न आग्रह गरेका छन्।

सोमबार डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ४ र ८ का भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा हस्तान्तरण तथा वितरण कार्यक्रममा बोल्दै उनले धेरै योजना प्रस्तुत गर्नुको सट्टा आवश्यकतालाई केन्द्रमा राखेर योजना बनाउँदा जनताले प्रत्यक्ष लाभ पाउने बताए।

“असंख्य योजना ल्याएर कार्यान्वयनमा समस्या झेल्नु भन्दा आवश्यकता पहिचान गरेर योजना छनोट गरे प्रभावकारी विकास सम्भव हुन्छ,” उनले भने।

मुख्यमन्त्री शाहले गाउँपालिकाको समुन्नत विकासका लागि सबै पक्ष मिलेर हातेमालो गर्नुपर्नेमा पनि जोड दिए। साथै, भूमिहीन समुदायलाई राज्यको मूल धारमा ल्याउन गरिएको प्रयासलाई सराहनीय भन्दै आगामी दिनमा थप योजनामार्फत सहयोग पुर्‍याइने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा भूमि समस्या समाधान आयोग, जिल्ला समिति डडेल्धुराको समन्वयमा आलिताल गाउँपालिकाले १६ जना दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित