बेलडाँडी । बेलडाँडी गाउँपालिकाले हालै शैक्षिक सुधारको उद्देश्यले विद्यालयहरूमा तह घटाउने (डाउनसाइज) गर्ने निर्णय गरेपछि यसले विद्यार्थीको भविष्यमा असर पार्न सक्ने भन्दै राप्रपा बेलडाँडीले पुनर्विचारको आग्रह गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बेलडाँडीले आज गाउँपालिकामा प्रेस विज्ञप्ति दर्ता गर्दै, तह घटाउने निर्णयबारे थप संवाद र समन्वय आवश्यक रहेको बताएको हो । राप्रपाले पालिकाको यो निर्णयले बालबालिकामा कुनै असर पार्छ की भन्ने चिन्ता व्यक्त गर्दै निर्णयमा पुर्नविचार गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा राप्रपा गाउँ कार्य समिति अध्यक्ष प्रेम सिंह साउदले हस्ताक्षर गरेका छन ्। उनी शैलेश्वरी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । केहिदिन देखि उनीहरु तह यथावत रहन दिनुपर्ने माग गरिरहेका छन् ।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले विद्यालयमा दीर्घकालीन सुधारका लागि निर्णय गरिएको बताउनुभयो । “हामी सुधारको यात्रामा छौं । विद्यार्थी संख्या न्यून भएका विद्यालयमा कक्षा तह समायोजन गरी शिक्षक व्यवस्थापनलाई प्रभावकारी बनाउने, स्रोतको उचित उपयोग गर्ने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने हाम्रो उद्देश्य रहेको बताएका छन् ।,” फेरि विद्यालयले शैक्षिक सुधार गरि विद्यार्थी संख्या बढाए पुनः कलास बृद्धि गर्न सकिने अप्सन पनि खुल्लै राखेको जनाएको छ ।
गाउँपालिकाले यस निर्णयअघि शैक्षिक मूल्याङ्कनमार्फत विद्यालयहरूको भौगोलिक अवस्था, विद्यार्थी संख्या, भौतिक पूर्वाधार र शैक्षिक अवस्था जस्ता पक्षहरूलाई समेटेर निर्णय लिएको जनाइएको छ ।
Discussion about this post