कञ्चनपुर, १४ जेठ चुुरे क्षेत्रको भूमि क्षयिकरण रोक्नका लागि कञ्चनपुरका विभिन्न नदीखोला नालाहरुमा जैविकदेखि तारजालीका तटबन्ध निर्माण गरिएका छन । जिल्लाको भीमदत्त र बेदकोट नगरका विभिन्न खोला नदीनालाहरुमा जैविकदेखि तारजालीका तटबन्ध निर्माण गरिएका हुन । स्थानीय सरकार, समुदाय र चुरे सरक्षण सञ्जाल नेपालको संयुक्त लगानीमा तटबन्ध निर्माण गरिएको जनाएको छ ।
चुरे सरक्षण सञ्जाल नेपालका व्यवस्थापक करन भट्टले जोखिमयुक्त नदीखोला नालाहरुमा तटबन्ध निर्माण गरिएको बताए । उनका अनुसार बेदकोट नगरपालिका १ रडाहको राधा नदी, बेदकोट ६ मुसेपानीको निकास नाला र भीमदत्त नगरपालिका ७ केराबारी शिवटोल खन्यखोलाको भङगालो नालामा तटबन्ध निर्माण गरिएको छ । राधा नदीमा ७२मिटर जैविक सहित ढुङ्गाको तारजाली निर्माण गरिएको छ ।
निकास नालामामा ४२ मिटर र खन्यखोलामा ३१मिटर तटबन्ध निर्माण गरिएको छ । राधा नदी तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर विष्टले नदीको उत्तरतर्फ निकुञ्ज र दक्षिण तर्फ बस्ती भएकाले तटबन्ध आवश्यक रहेको छ । ‘हरेक बर्षनी नदीले कटानी गर्दै आएपछि हामी जोखिममा पर्दै आएका छौँ, ‘उनले भने, ‘तटबन्धले केही कटानी नियन्त्रण हुने अपेक्षा गरेका छौँ ।’ भीमदत्त नगरपालिका ७ केराबारीशिवटोल खन्यखोला तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष जय बहादुर कुँवर(बाबाटाईगर)ले तटबन्धले केही उर्बराभूमि सरक्षण हुने बताए ।
उनले यो न्यून भएकाले सरकारी निकायबाट थप तटबन्धका कार्यक्रम संचालनमा जोडदिएका छन । बेदकोट नगरपालिका १ का वडाध्यक्ष भण्डारीले संयुक्त साझेदारीमा संचालित तटबन्धका योजनाले केही राहत पुग्ने बताए । ‘हामीसंग ठुलो परिमाणमा बजेट हुँदैन, ‘उनले भने, ‘यस्तै संघ संस्थाहरु मार्फत सहयोग गर्दै आएका छौँ ।’ चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले चुरे भएर बग्ने नदीखोला नालाको चुरे तटिय क्षेत्रमा निम्तिने जोखिम न्यूनिकरणका लागि तटबन्धका कार्यक्रम संचालन गरिएको बताए । अध्यक्ष कुँवरले पश्चिम तराई भूपरिधी कार्यक्रम मार्फत भूक्षतियकरण रोक्ने कार्यक्रम संचालन भएको बताए ।
‘विगतका बर्षहरुमा पनि हामीले चुरे सरक्षणका कार्यक्रम संचालन गरेका थियौँ, ‘उनले भने, ‘यस बर्षपनि गरेका छौँ, जनताबाट थुप्रै माग आएको छ, हामीले स्थानीय सरकार सहितका सरोकारवालाई अनुगमन पनि गराएर आगामी बर्षमा बजेट थप्न आग्रह गरेका छौँ ।’ बुधबार एक कार्यक्रममा विच स्थानीय जनप्रतिनिधी, वनका कर्मचारी सहितका सरोकारवालाले स्थलगत अनुगमन गर्दै आगामी दिनमा थप बजेट ल्याएर ठुलो परिमाणमा तटबन्ध निर्माणका कार्यक्रम संचालनमा सुझाव दिएका छन ।
Discussion about this post