धनगढी। सुदूरपश्चिम प्रदेशकी प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की प्रमुख सचेतक गिता देवि मालले संघीय सरकारको बजेटप्रति सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी छिन।
आर्थिक वर्ष २०८२/०८३ को संघीय बजेट भाषण सार्वजनिक भएपछि फेसबुकमा स्टाटस लेख्दै उनले सोधिन् -“बजेटमा सुदूरपश्चिम हरायो कि नियतमै गडबडी भयो?” उनको गुनासो छ – देशैभरिका कोरीडोरहरूमा अर्बौंको बजेट विनियोजन गरिएको छ, तर सुदूरपश्चिम पुग्दासम्म सरकारको ‘कम्प्युटरको किबोर्ड’ नै बिग्रिएको हो कि भन्ने शंका लाग्नेगरी महाकाली करिडोरजस्ता महत्वपूर्ण पूर्वाधार परियोजनाको उल्लेखसमेत गरिएको छैन।
“सेती लोकमार्गको त नामै हराएको छ,” भन्दै उनले कटाक्ष गरिन्, “सरकारको नजर राजधानी वरिपरिका सडकमा मात्रै छ, सुदूरपश्चिमका पहाड, नदी, जनताको अनुहार र सपना भने दृश्यबिहीन बनेका छन्।”क्रमाङ्क बाहेक केही छैन’-कथित समानुपातिकता? प्रमुख सचेतक मालको भनाइमा, सुदूरपश्चिम प्रदेशलाई बजेटमा क्रमाङ्क त दिइएको छ, तर त्यसबाहेक वास्तविक विकास योजनाका कुनै आधारभूत पक्ष समेटिएको छैन।
उनले लेखेकी छन्- “यो हो त दुई तिहाईको सरकारको समानुपातिक बजेट वितरण प्रणाली?” शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना कार्यका लागि बजेट विनियोजनबारे पनि उनले प्रश्न उठाइन् -“नाम लिने मात्रै हो कि कहिले काम सुरु हुने हो?” भन्दै उनले संघीय सरकारको ‘घोषणा–मुखी तर कार्यान्वयन–रहित’ प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाइन्। उनको स्टाटसले सुदूरपश्चिमवासीको चिढ, निराशा र हकको आवाजलाई प्रतिनिधित्व गर्छ।
Discussion about this post