देशभर आंशिक बदली, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल देशको पश्चिमी तथा मध्य भूभागमा पश्चिमी प्रणाली र स्थानीय वायुसँग सम्बन्धित प्रभाव सक्रिय रहेकाले आज देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसँगै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा मौसम सफादेखि आंशिक बदलीको अवस्था रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र अन्य भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी क्षेत्रमा राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको
मौसम पूर्वानुमान महाशाखाका ले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित