काठमाडौँ,संसदमा देखिएको गतिरोधलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको बैठकमा प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, कांग्रेस नेता कृष्ण सिटौला लगायतका नेताहरू सहभागी छन्।
छलफलको उद्देश्य संसद्मा उत्पन्न अवरोध हटाउने र प्रमुख दलहरूबीच सहमति कायम गर्ने रहेको बताइएको छ। नेताहरूबीचको यो संवाद पछिल्लो समय राजनीतिक समन्वय र सहकार्यको प्रयासका रूपमा हेरिएको छ।
Discussion about this post