बेलडाँडी,
मंसिर ४ गतेलाई आफ्नो पक्षमा पार्न बाम गठवन्धनकी उम्मेदवार विना मगरले निर्वाचन आचार संहितालाई लत्याउदै मन्दिर जस्तो धार्मिक स्थलमा कार्यक्रम गरी मन्दिर परिसर फोहर बनाएको छ ।
शक्तिको भरमा मगरले निर्वाचन आचार संहिताको धज्जी उड्ने गरी हिजो बेलडाँडी ४ को बैवाह शिव मन्दिर परिसरमा आफ्नो चुनावी कार्यक्रम गर्दै पलास्टिक बोटल, माला, चाउचाउ विस्कुटका खोस्टाहरु लथालिङ फालेर फोहर गरेको प्रति बैजनाथ युवा क्लबले खवरदारी गरेको छ । युवा क्लबका सचेत युवा करन बडालले आफ्नो समाजिक संजालमा क्लबका साथीहरुले उनीहरुले गरेको फोहर उठाउदै विरोध भन्दा पनि सकारात्मक सन्देश दिन खोजेका छन् ।
क्लबका युवा जलन बोहराले भने कार्यक्रम गर्नमा कुनै आपत्ति छैन तर आफुले विगारेका चिज सच्याउनु पर्छ भन्न्ने मान्यता आफुहरुको रहेको बताए । यस्तै क्लबका सचिव विक्रम बडालका अनुसार आफुले गरेको फोहर व्यवस्थापन गरिदिएको भए राम्रो हुने बताए ।
बेलडाँडीका अर्का युवा तथा बेलडाँडी पलास्टिक मुक्त अभियानकर्ता केशव राज जोशी भने बेलडाँडीलाई पलाष्टिक मुक्त बेलडाँडी बनाउने अभ्यासमा जुटेका बेला यस्तो कार्य निन्दनिय भएको बताए । उनका अनुसार हामीहरु बेलडाँडीलाई सफा बेलडाँडी पलास्टिक मुक्त बेलडाँडी बनाउने अभियानमा जुटेका बेला राजनितिक दलबाट हौसला प्रदान गर्नुको साटो आफैले गरेको फोहर समेत नउठाउने गरेको प्रति दुःख व्यक्त गर्नु भयो । गठवन्धनले गरेको यस्तो फोहर कार्यक्रमको सामाजिक संजालमा ब्यापक विरोध भएको छ ।
भिडियो सहित…
https://www.facebook.com/100005837142338/videos/852799649078797/
Discussion about this post