टीकापुरमा चेकिङका क्रममा महिलामाथि हातपात आरोप : दुई प्रहरीमाथि छानबिन सुरु

टीकापुर, कैलाली । चेकिङको क्रममा एक महिलामाथि हातपात गरेको आरोपमा दुई प्रहरीमाथि छानबिन प्रक्रिया अघि बढाइएको छ।

घटना जेठ २३ गते साँझ करिब ५ः१५ बजे टीकापुर नगरपालिका–७ स्थित खैरीपुर चेकपोष्टमा भएको हो। टीकापुर–१ की २९ वर्षीया राजकुमारी कुवँर शाहले चेकिङमा खटिएका प्रहरीले हातपात गरेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय, टीकापुरमा उजुरी दिएकी हुन्।

उक्त घटनासम्बन्धी भिडियोहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि चासो थपिएको थियो। सार्वजनिक दृष्यका आधारमा तत्कालै घटनामा संलग्न प्रहरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, कैलालीमा ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनाको गम्भीरता बुझ्दै छानबिनका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको जनाएको छ।

प्रहरीका अनुसार हाल समिति घटनाको विस्तृत अध्ययनमा जुटिरहेको छ। छानबिनपछि दोषी पाइए कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही गरिने स्पष्ट गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित