मनसुन सक्रिय नभएपछि देशभर तापक्रम बढ्दो, केही दिनमै वर्षाको आशा

काठमाडौं : यस वर्ष नेपालमा मनसुन सामान्य मितिभन्दा १५ दिनअघि नै भित्रिए पनि अहिलेसम्म कोशी प्रदेशभन्दा पश्चिमतर्फ विस्तार हुन सकेको छैन। मनसुन सक्रिय नहुँदा पानी पर्न नसेको र देशभर चर्को गर्मी बढेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल पश्चिमी वायुको प्रभाव कायम रहेको र त्यसले मनसुनी वायुलाई पश्चिमतिर फैलिन नदिएको हो। मनसुन जेठ १६ गते भित्रिए पनि त्यसपछि १२ दिनसम्म पनि पश्चिमी वायु शक्तिशाली रहेकाले देशको पश्चिम र मध्य भागमा वर्षा हुन सकेको छैन।

मौसमविद गोविन्द झाले दिएको जानकारी अनुसार, बंगालको खाडीबाट आउने मनसुनी वायुलाई पूर्वी एसियामा बनेको न्यूनचापीय प्रणालीले तानेपछि नेपालतिर मोडिन सकेको थिएन। अब भने ती प्रणालीहरू कमजोर हुँदै जाँदा केही दिनमा नेपालतिर फर्किन सक्ने सम्भावना देखिएको छ।

झाका अनुसार, ‘अबको केही दिनमा बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली, भारतको मध्य भागमा विकसित प्रणाली र पश्चिमी वायुले संयुक्त प्रभाव पार्ने संकेत देखिएको छ। जसको असर भोलि–पर्सिदेखि देखिन थाल्नेछ।’

आज बिहानैदेखि काठमाडौं उपत्यका, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा बादल लाग्ने, मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षा सुरु भइसकेको छ। केही स्थानमा भारी वर्षा पनि मापन गरिएको विभागले जनाएको छ।

मनसुनको अवधि सामान्यतया जुन १३ तारिखबाट अक्टोबर २ तारिखसम्म मानिन्छ। यस अवधिमा नेपालमा कुल वार्षिक वर्षाको झन्डै ८० प्रतिशत वर्षा हुने गर्छ।

यस वर्ष भने मनसुन सरदर मितिभन्दा अघिनै जेठ १६ गते जुन १० देखि भित्रिएको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र गर्मी दुवै सामान्यभन्दा बढी हुने पूर्वानुमान गरेको छ। हिमाली क्षेत्रमा पनि बढी वर्षा हुने देखिएकाले जलवायु विज्ञहरूले बाढी, पहिरो, डुबान तथा कटानको जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित