बेलडाँडी । बेलडाँडी गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अत्यधिक बढिरहेको गर्मीका कारण पठनपाठनमा समस्या उत्पन्न हुनुका साथै शिक्षक तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने सम्भावना रहेकोले गर्मी विदा घोषणा गरिएको छ।
शैक्षिक क्यालेण्डर-२०८२ मा उल्लेखित गर्मी विदासँग मेल खाने गरी यस वर्ष बेलडाँडी गाउँपालिकाले विद्यालयहरुमा २०८२।०२।२८ गते देखि २०८२।०२।३० गतेसम्म ३ दिनका लागि गर्मी विदा दिने निर्णय गरेको छ।
यसबारे विद्यालयहरुबाट समेत गर्मी विदाको माग भइ आएको र विद्यार्थी तथा शिक्षकहरूको सुरक्षालाई प्राथमिकता दिँदै गाउँपालिकाले यो कदम चाल्न बाध्य भएको जनाइएको छ।
यस्तै बेलाैरी नगरपालिकाले समेत गर्मी बिदा दिईसकेको छ ।
Discussion about this post