काजमा रहेका कर्मचारीलाई ३ दिनभित्र खटाइएको स्थानमा हाजिर गराउन स्वास्थ्य मन्त्रालयको कडा निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा रहेका र सरुवा भएर पनि रमाना न भएका कर्मचारीलाई तीन दिनभित्र खटाइएको कार्यस्थलमा हाजिर गराउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयले यस्तो निर्देशनसहितको पत्राचार गरेको हो। पत्रमा उल्लिखित अनुसार, तोकिएको समयसीमाभित्र हाजिर नगराइने भएमा ती कर्मचारीबाट तलबभत्ता लगायतका सेवा सुविधाबापतको रकम असुल गरिने र कार्यान्वयन नगर्ने कार्यालय प्रमुखमाथि विभागीय कारबाही गरिने स्पष्ट उल्लेख छ।

स्वास्थ्य सेवामा निर्धारित दरबन्दीभन्दा बाहिर काजमा बसेर काम गर्ने प्रवृत्तिका कारण सरुवा भइसकेका कर्मचारीहरूलाई समेत समयमा हाजिर गराउन समस्या भएको गुनासोहरू सुनिन थालेपछि मन्त्रालयले यस्तो कडा कदम चालेको हो।

पत्रमा भनिएको छ, काजमा कार्यरत र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई पदाधिकार रहेको निकायमा हाजिर पठाउने र पदस्थापन नभएका कर्मचारीको पदस्थापन गर्ने कार्य तीन दिनभित्र सम्पन्न गरी यस मन्त्रालयलाई जानकारी गराउनु हुन साथै उक्त बमोजिम कार्य नगर्ने कार्यालय प्रमुखबाट काजमा रहेका र रमाना हुन बाँकी कर्मचारीले भुक्तानी लिएको तलबभत्ता लगायतका सेवा सुविधा वापतको रकम असुल गरी नियमानुसार विभागीय कारबाही समेत हुने व्यहोरा नेपाल सरकार सचिवस्तर को मिति २०८२ जेठ २८ गतेको निर्णयानुसार अनुरोध गरिन्छ।

मन्त्रालयको यो कदमले स्वास्थ्य प्रशासन प्रणालीमा अनुशासन र उत्तरदायित्वको भावना बलियो बनाउने अपेक्षा गरिएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित