काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी एमाले का महासचिव शङ्कर पोखरेल विभिन्न कार्यक्रमहरुमा सहभागी हुन आज बेलायत र कतारतर्फ प्रस्थान गरेका छन्।
बेलायत भ्रमणको क्रममा महासचिव पोखरेलले प्रवासी नेपाली मञ्च बेलायत राष्ट्रिय कमिटीको अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम छ। त्यसैगरी, उनी कार्ल माक्र्सको समाधिमा पुष्प अर्पण गर्नेछन्।
बेलायतमा रहँदा उनले कम्युनिस्ट पार्टी अफ ग्रेट ब्रिटेनका नेताहरूसँग भेटघाट तथा छलफल गर्नेछन्। साथै, मोन्टफर्ट विश्वविद्यालयको अवलोकन, बेलायतस्थित विभिन्न नेपाली जनसंगठन, संघ–संस्थाहरूसँग अन्तरक्रिया तथा कार्यक्रमहरूमा सहभागी हुने तालिका रहेको छ।
बेलायत भ्रमणपछि पोखरेल कतार प्रस्थान गर्नेछन्। त्यहाँ उनले नेपाली श्रमिक समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने, श्रमिक समस्याका बारेमा छलफल र विमर्श गर्ने कार्यक्रम तय गरिएको छ।
महासचिव पोखरेलको यो भ्रमण १० दिने हुने एमाले कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिएका छन्।
Discussion about this post