, काठमाडौं : मनसुन सक्रिय हुँदै गएपछि पश्चिम नेपालका विभिन्न जिल्लामा वर्षा भइरहेको छ।
हाल गण्डकी प्रदेश हुँदै पश्चिमका जिल्लाहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागको अनुसार वर्षा गराउने प्रणाली उत्तरतर्फ सर्दै गएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। डडेलधुरा, नुवाकोट, लमजुङ, स्याङ्जा, बर्दिया आसपासका केही स्थानहरूमा भने मध्यमदेखि भारी वर्षा भएको विभागले जनाएको छ।
डडेलधुराको परशुराम नगरपालिकास्थित ज्यामिरखालीमा एक घण्टामा ४०.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, बाँकेको ढकेरीमा २९.६ मिमि, नुवाकोटको बेत्रावती र स्याङ्यामा २३ मिमि वर्षा मापन गरिएको छ।
यस वर्षको मनसुन यही जेठ १५ गते नेपाल प्रवेश गरेको हो। हाल पश्चिमतर्फ फैलिँदै गएको मनसुन जेठ २९ गतेसम्म लुम्बिनी प्रदेश पुगिसकेको विभागले जनाएको छ।
Discussion about this post