कैलाली :कैलालीको को सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निःसन्तान उपचार केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याएको छ। अस्पताल प्रमुख डा। हेमराज पाण्डेले शुक्रबार औपचारिक रूपमा उद्घाटन गर्दै सेवा सुरु भएको घोषणा गरेका हुन्।
संघीय र प्रदेश सरकारको सहकार्यमा स्थापना गरिएको केन्द्रबाट अब सस्तो, सुलभ र गोपनीय रूपमा सेवा लिन सकिनेछ।
अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। खगेन्द्र भट्टले हाल प्रारम्भिक तहको ‘आईयुआई’ सेवा सुरु गरिएको जानकारी दिए। केन्द्रमार्फत पुरुष र महिलाको प्रजनन परीक्षण, वीर्य विश्लेषण, परामर्श लगायतका सेवा साढे ७ हजार रुपैयाँको प्याकेजमा उपलब्ध हुने बताइएको छ।
यस सेवाबाट अब काठमाडौं वा भारत जानुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ। बाँझोपनको समस्या समाधानतर्फ सुदूरपश्चिम प्रदेशमा यो पहल महत्त्वपूर्ण मानिएको छ।
Discussion about this post