सहमति पालना नभए एक महिनापछि विरोधमा उत्रिन्छौँ प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने चेतावनी दिएका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन र संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू अगाडि बढाउन सहमतिमा गएको बताए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले बोलेको चेतावनीपूर्ण भाषाबारे उनले त्यसको जिम्मेवारी लेखककै हुने बताए। साथै, अध्ययन तथा संरचना बनाएर निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए।

प्रचण्डले पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृह मन्त्रीको राजीनामा साटिएको भन्ने आरोप खारेज गर्दै भिजिट भिसा प्रकरण र सापकोटाको मुद्दाबीच कुनै सम्बन्ध नरहेको दाबी गरे। सत्तारुढ दलसँगको सहमति सत्तासँग सम्बन्धित नभएको पनि उनले स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित