मर्मत, इन्धन र भ्रमणमै कृष्णपुर नगरपालिकामा करोडौं स्वाहा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा यात्रा, सवारी साधन मर्मत तथा इन्धनमा करोडौँ रुपैयाँ खर्च गरेको छ। तर, महालेखा परीक्षण कार्यालयको प्रतिवेदनले त्यस्ता खर्चमा आवश्यक पारदर्शिता र मितव्ययिता अभाव भएको देखाएको छ।

प्रतिवेदनअनुसार, पालिकाले भ्रमण तथा अनुगमनमा रु ३१ लाख ५० हजार खर्च गरेको छ। अधिकांश भ्रमण ७ दिने भए पनि, ती भ्रमणको स्पष्ट उद्देश्य, प्रयोजन र भ्रमण प्रतिवेदन प्रस्तुत नगरेको देखिएको छ।

“भ्रमण खर्च पालिकाको उच्च प्रयोजनमा उच्चतम उपयोग भएको छ भनी विश्वस्त हुने अवस्था रहेन,” महालेखाले ठहर गरेको छ।

सुदूरपश्चिम प्रदेश ऐन, २०७५ र भ्रमण खर्च नियमावली, २०६४ अनुसार भ्रमण खर्च पालिकाको प्रयोजन अनुरूप र मितव्ययी हुनुपर्ने भए पनि त्यो मान्यता पालिकाले पालन गर्न सकेको छैन।

यस्तै, पालिकाले सवारी साधन मर्मतमा रु ५० लाख ३२ हजार ४४४ खर्च गरेको छ। तर सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १३ र ९६ अनुसार लागु हुने लागत अनुमान, पार्टपुर्जा दाखिला, मर्मत आवेदन र अभिलेख खाता राख्ने कानुनी व्यवस्था पालना नगरिएको महालेखाको ठहर छ।

पालिका सँग हाल ४० थान मोटरसाइकल, २ थान टिप्पर र ट्याक्टर, ३ थान एम्बुलेन्स, मिनिटिप्पर, जेसिबी, रोलर, ग्रेडर र स्कारपियोजस्ता गाडीहरू छन्। यी सबैको मर्मतमा आन्तरिक आम्दानीको ७.६ प्रतिशत खर्च गरिएको देखिए पनि खर्चको लेखाजोखा अस्पष्ट रहेको प्रतिवेदनले देखाएको छ।

इन्धन खर्चमा मात्र पनि रु १ करोड ५७ लाख ९८ हजार ३४६ रुपैयाँ ६६ पैसा खर्च भएको छ। तर, सवारी तथा मेशिनहरूको प्रयोग समय वा किलोमिटर, इन्धन मापनको प्रक्रिया तथा मापदण्ड कायम नभएकोले खर्चको वस्तुगत परीक्षण सम्भव नभएको महालेखाले उल्लेख गरेको छ।

त्यसैगरी, अर्थ मन्त्रालयको निर्देशनअनुसार लागू गर्नुपर्ने Public Asset Management System (PAMS) को पूर्ण प्रयोग नगरिएको पनि महालेखाको रिपोर्टमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित