काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरूमाथि धोका दिएको आरोप लगाएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै परियारले भिजिट भिसा र अध्यागमनको मुद्दामा माओवादीले गरेको सहमति केवल झारो टार्ने शैलीमा गरिएको बताए ।
सरकारले मानव बेचबिखन जस्तो गम्भीर विषयलाई बेवास्ता गरेको भन्दै उनले सुशासनका विषयमा उठाइएका मागको कुनै सुनुवाइ नभएको गुनासो गरे ।
गृहमन्त्रीको राजीनामाबाट आफूहरू पछि नहटेको उल्लेख गर्दै उनले रास्वपा सदनको काम कारबाहीप्रति जिम्मेवार रहेको बताए ।
उनले अघि सारेका पाँच बुँदामा सहमति नजेल र उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् सञ्चालन सम्भव नहुने चेतावनी समेत दिएका छन् ।
Discussion about this post