महाकाली नदीको पुल नजिक नेपाली सेनाको गाडी पल्टिँदा ५ जना सेनाका जवान घाइते

कञ्चनपुर, असार ६ – कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन गाइडबण्ड नजिकै नेपाली सेनाको गाडी दुर्घटना हुँदा पाँच जना जवान घाइते भएका छन्।

शुक्रबार बिहान गाइडबण्ड पुनर्निर्माणस्थलमा लैजाँदै गरेको सेनाको गाडी पल्टिँदा उनीहरू घाइते भएका हुन्। घाइते पाँचै जनाको अवस्था सामान्य रहेको र महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको नेपाली सेनाको इन्जिनियर विभागका प्रमुख सेनानी निशान्त पण्डितले जानकारी दिए।

‘हाम्रै जवानहरू बोकेको गाडी दुर्घटनामा परेको हो,’ सेनानी पण्डितले भने, ‘तर सबैको अवस्था सामान्य छ।’

महाकाली नदीमा चार लेनको पक्की पुल नजिक गत वर्षको बाढीले क्षति पुर्‍याएको गाइडबण्डको पुनर्निर्माण कार्य हाल नेपाली सेनामार्फत भइरहेको छ।

विपद् जोखिमयुक्त क्षेत्र घोषणा गरिएको उक्त क्षेत्रमा गाइडबण्डको पुनर्निर्माणसँगै महाकाली नदीलाई बीच भागमा बहाव गर्ने गरी च्यानलाइजेसनको काम पनि तीव्र रूपमा अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित