गृहमन्त्री लेखकद्वारा बैतडीको प्रहरी कार्यालय निरीक्षण

बैतडी: गृहमन्त्री रमेश लेखकले आज बैतडी जिल्ला प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । जिल्ला प्रहरी कार्यालय  जिप्रका पुगेका गृहमन्त्री लेखकले प्रहरी इकाइहरूको अवस्था र जिल्लाको समग्र शान्ति सुरक्षाबारे जानकारी लिएका हुन् ।

प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार गृहमन्त्री लेखकले बिहानै जिप्रकाको निरीक्षण गर्दै जिल्लामा रहेका अन्य प्रहरी युनिटको अवस्थाबारे समेत अवलोकन गरेका थिए ।

निरीक्षणका क्रममा प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले गृहमन्त्रीलाई भवन अभाव, महिला तथा बालबालिका सेवा केन्द्र, र ब्यारेक भवन निर्माणका आवश्यकताबारे जानकारी गराएका थिए । मिश्रले भने, “हामीले आवश्यक बजेटको लागि गृहमन्त्रीज्यू समक्ष पहलका लागि अनुरोध गरेका छौं ।”

जवाफमा गृहमन्त्री लेखकले आफू गृहमन्त्री रहेका बेला नै आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । उनले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाबारे समेत चासो व्यक्त गर्दै सुदृढ बनाउने आश्वासन दिएका छन् ।

यसअघि गृहमन्त्री लेखकले बैतडीस्थित प्रसिद्ध धार्मिक स्थल जगन्नाथ मन्दिरमा पूजाआजा गरेका थिए । उनको आजै जिल्लाबाट फिर्ता हुने कार्यक्रम छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित