कञ्चनपुर, साउन ५ । निर्माण व्यवसायी संघ कञ्चनपुरको आगामी भदौँ तेस्रो साता अधिवेशन हुने भएको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरको २० भदौँमा साधारण सभा र २१ भदौँमा १५ औँ अधिवेशन हु्ने भएको हो ।
सोमबार निर्माण व्यवसायी संघ कञ्चनपुरको बैठकबाट अधिवेशनको मिति तय गरिएको जनाएको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले बैठकबाट समग्र निर्माण व्यवसायीहको हकहितका साथै अधिवेशन भव्य बनाउने निर्णय भएको बताए ।






















Discussion about this post