सुप विश्वविद्यालय स्ववियु निर्वाचन : अखिल क्रान्तिकारी उम्मेदवारी दर्ता गर्न जाँदा नेवि संघको अवरोधदेखि तालाबन्दी

कञ्चनपुर । आउँदो १४ साउन(बुधबार) सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा अखिल क्रान्तिकारीले उम्मेदवारी दर्ता गर्न जाँदा नेवि संघकोे शुररुवाती चरणदेखि अवरोध अहिले तालाबन्दी गरेका छन ।
नेवि संघले सुचना नै टाँसेर आफुहरुमाथि कुटपिट भएको भन्दै छानबिन भएर दोषि उपर कार्बाही नहुँदासम्म ताला यतावत राख्ने घोषणा गरेका छन । नेवि संघ नरेश पण्डित सहितका नेताहरुले आफुहरुमाथि प्रहरीले कुटपिट गरेको भन्दै उपचारका लागि अस्पताल गएको जनाएका छन ।
गृहमन्त्री रमेश लेखक आफ्नै हुँदा पनि नेवि संघले प्रहरीले छानिछानी नेवि संघकै विद्यार्थी कुटपिट गरेको बताएका छन ।

नेवि संघ केन्द्रीय सदस्य ईन्द्र साउदले कञ्चनपुरका एसपी खडक बहादुर खत्रीलाई टेलिफोन गरेर क्याम्पसमा चुनाव सुरक्षाका लागि पठाएका प्रहरीलाई नेवि संघका विद्यार्थी कुटपिट गर्न पठाएका हौँ कि सुरक्षा भन्दै प्रश्न गरेका थिए । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामीले चुनावका लागि आफुहरु उम्मेदवारी दर्ताका लागि आएपनि नेवि संघको शुरवातीदेखि अवरोधले गर्न नपाएको बताए ।

मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी दर्ता कार्यतालिका थियो । निर्धारित समयमै अखिल क्रान्तिकारी उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिमा पुग्दा नेवि संघले स्वतन्त्र विद्यार्थीले लगाएको ताला वार्ता भित्रै तोडिएको भन्दै वार्ताको माग अघि सारेको थियो ।

नेवि संघ नरेश पण्डित समुहले असहमतीका विच उम्मेदवारी दर्ता गर्न नहुने भन्दै अडान राखेको र अखिल क्रान्तिकारीले निर्वाचन समितिले तोके अनुरुप उम्मेदवारी दर्ताकोे माग अघि सारेका थिए । अखिल क्रान्तिकारीले उम्मेदवारी टुङगो लगाएर उम्मेदवारी दर्ताका लागि निर्वाचन समिति पुग्दा नेवि संघले विवाद झिकेपछि असहज अवस्था सृजना भएको थियो ।

नेवि संघ नरेश पण्डितले निर्वाचन समितिमा लगाएको तालाबारे कुनै वार्ता नभएको हुँदा समय माग गरेको बताए । अखिल क्रान्तिकारी नेता गणेश मिश्रले नेवि संघ नरेश पण्डितको समुहले चुनाव भाँडनका लागि गैर विद्यार्थी ल्याएर अनेकन बखेझा झिकेर अखिल क्रान्तिकारीको गठबन्धनमाथि जाई लागेको बताए ।

विद्यार्थी संगठन विच उम्मेदवारी दर्ताको विषयमा वाद विवाद उत्पन्न भएपछि केही बेरका लागि भन्दै सुचना नै जारी गरेर उम्मेदवारी दर्ता स्थगित गरेको छ ।
सुदुरपश्चिम विश्वविद्यालय स्थापना भएको १६औँ बर्षसम्म स्वतन्त्र विद्यार्थीकोे चुनाव हुन नसकेको भन्दै विद्यार्थीले चुनाव भाँड्न नपाईने चुनाव हुनुपर्ने माग अघि सारेका छन ।
विद्यार्थीहरुले गत बर्ष ०८१चैत्रमा हुने निर्वाचन पनि भाँडिएको र अहिले ०८२साउनमा हुने चुनाव विद्यार्थी बिरोधी समुहले भाँड्न खोजेको भन्दै चुनाव हुनुपर्ने माग अघि सारेका छन । अहिले पनि तीन स्वतन्त्र १० विद्यार्थी संघ संगठन समुह चुनावका लागि संगठन दर्ता गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित