सुनको तोलामा पाँच सय रुपैयाँले घट्यो

काठमाण्डौ :सुनको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घटेर एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार तीन सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ३५ रुपैयाँ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित