सुपवि नेवि संघ सभापतिका उम्मेदवार दिनेश भट्ट भन्छन, ‘नेवि संघ चुनावका पक्षमा छ’

कञ्चनपुर । सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ चुनावकै पक्षमा भएको स्पष्ट पारेको छ ।

नेवि संघबाट सभापतिका उम्मेदवार दिनेश भट्टले नेवि संघमा उम्मेदवारको टुङगो लागेको अवस्थामा नेवि संघको लोकप्रियता देखेर केही अन्य संघ संगठनहरुले बखेडा झिकिरहेको दावि गरेका छन ।

सभापतिका उम्मेदबार भट्टले नेवि संघमा कुनैपनि वाद विवाद नभएको जिकिर गदै्र्र उम्मेदवार सर्वसम्मतिय आधारमा टुङगिएको बताए ।
उनले नेवि संघले ताला लगायो, खोल्यो भन्दै दुस्पचारमा उत्रिएको बताउँदै त्यो विषयमा सत्यता नभएको र नेवि संघ एक ढिक्का भएर चुनावी मैदानमा होमिएको बताए ।

‘केही व्यक्ति, संघ संगठनको आन्दारित समस्या नेवि संघमा देखाएर चुनाव भाँड्न भाईदैन, हामी चुनावकै पक्षमा किन्त परन्तु होईन एनि हाउ ईलेक्सन नेवि संघको बटम लाईन हो ।’ उनले चुनाव गराउनकै लागि नेवि संघबाट खटिएका केन्द्रीय सदस्य तेज ऐरले पहिल्यैदेखि पाटी, संगठन, निर्वाचन समिति, सुप विश्वविद्यालयका पदाधिकारी छलफल जारी गरेर चुनावको पक्षमा लभिङ्गमा जुटेको बताए ।

‘नेवि संघ एक स्वरका साथ चुनावको पक्षमा छ, चुनावमा नेवि संघको कुनै अवरोध छैन, ‘उनले भने, ‘नेवि संघका नाममा चुनाव भाँडन आउनेमाथि प्रहरी, प्रशासन, निर्वाचन समिति, विश्वविद्यालयले कार्बाही गरोस, चुनाव भाँड्ने नेवि संघ मात्रै होईन विद्यार्थीको पनि नेता हुन सक्दैन ।’

नेवि संघबाट सभापतिका उम्मेदवार भट्टले चुनाव गराउनका लागि निर्वाचन समिति, क्याम्पस प्रशासनदेखिका निकायसंग आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित