बेलडाँडीमा अलस्टार युवा क्लबको सरसफाई अभियान : सामूहिक सहभागितामा सुरु भयो सरसफाई सन्देश

बेलडाँडी । ‘खेलकुदसँगै सुरक्षित सरसफाइ सेवामा समावेशिता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ अलस्टार युवा क्लब बेलडाँडीले सरसफाई अभियान सुरु गरेको छ। आज शनिबार बेलडाँडी गाउँपालिका–१ का विभिन्न टोलमा सरसफाई गर्दै अभियानको औपचारिक थालनी गरिएको हो।

कार्यक्रममा पूर्व वडा अध्यक्ष अम्मर बहादुर खत्री, सरस्वती मावि झरनासागरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घ बहादुर सिंह, पत्रकार मोहन विष्ट, क्लबका पदाधिकारी, स्थानीय अगुवा तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

क्लबका सचिव विकास महताका अनुसार अभियानले वडामा सरसफाइको माध्यमबाट स्वास्थ्य र वातावरणप्रति जनचेतना जगाउने लक्ष्य लिएको छ। “फोहोरका कारण फैलिने रोगहरूबाट बच्न सामूहिक प्रयास जरुरी हुन्छ,” उनले भने, “यसकारण क्लबले नागरिक तहबाट अभियान सुरु गरेको हो।”

सफाई कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै पूर्व वडा अध्यक्ष खत्रीले पछिल्लो समय जंगली जनावरको बढ्दो आक्रमणले समस्या निम्त्याइरहेकाले झाडी सफाइ पनि अत्यावश्यक भएको बताए। उनले सरसफाई अभियानले जनस्वास्थ्य मात्र होइन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

क्लबले अब प्रत्येक शनिबार नियमित रूपमा वडाका विभिन्न स्थानमा सरसफाई गर्ने जनाएको छ। अभियानमा क्लबका सल्लाहकार, आमाबुबा, समाजसेवी, बुद्धिजीवी, खेलाडी प्रेमी र स्थानीय दाजुभाइ–दिदीबहिनीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।सहभागीहरूले सरसफाइ कार्यलाई सामाजिक उत्तरदायित्वको रूपमा लिँदै अभियानलाई निरन्तरता दिन प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित