वनमाथिको भार घटाउँदै कृष्णपुरको हरियाली सामुदायिक वन, २५० घरधुरीलाई विद्युतीय चुलो वितरण

कञ्चनपुर : दाउराको प्रयोग कम गरी वन संरक्षणमा नयाँ उदाहरण स्थापित गर्दै कृष्णपुर–५, गुलरियास्थित हरियाली सामुदायिक वनले २५० घरधुरीलाई विद्युतीय चुलो वितरण गरेको छ। ‘वन बचाऔं, वातावरण जोगाऔं’ भन्ने उद्देश्यसहित सुरु गरिएको यो अभियानलाई स्थानीयले सराहना गरेका छन्।

आइतबारदेखि सुरु भएको वितरण कार्यक्रम अन्तर्गत उपभोक्ताहरूलाई ५० प्रतिशत अनुदानमा विद्युतीय चुलो, ३ लिटरको प्रेसर कुकर र २६ इन्चको कराई प्रदान गरिएको सहसचिव केशव दत्त विष्टले जानकारी दिए। उनका अनुसार दाउरामा निर्भरता कम गर्दै वनमाथिको भार घटाउने लक्ष्यका साथ यो पहल गरिएको हो।

कोषाध्यक्ष दिपेन्द्रबहादुर सिंहले उपभोक्ताबाट मागअनुसार वितरण गरिएको बताउँदै, “कार्यक्रम सफल भएसँगै थप संरक्षणमुखी कार्यक्रम ल्याइने जनाए ।,”

डिभिजन वन कार्यालय कञ्चनपुरका रामबिक्रम ठाकुरले विद्युतीय चुलो वितरणले वन संरक्षणमा दीर्घकालीन लाभ पुग्ने उल्लेख गरे। कृष्णपुर–५ का वडाध्यक्ष टेक पाण्डेले सामुदायिक वनको सक्रियता उदाहरणीय रहेको बताउँदै धन्यवाद ज्ञापन गरे।

यो पहलले हरियाली सामुदायिक वनलाई संरक्षण र आधुनिकतामा अग्रणी बनाउँदै स्थानीयको गर्वको विषय बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित