कञ्चनपुरका पत्रकारद्वय विष्ट र सिनाल सम्मानित

महेन्द्रनगर । कञ्चनपुरमा विगत लामो समयदेखी संचारको क्षेत्रमा क्रियाशिल पत्रकारद्वय टिभी टुडेका सुदूरपश्चिम समाचार संयोजक राजेन्द्र विष्ट र सामुदायिक रेडियो शुक्लाफाँटा एफ एमका समाचार प्रमुख सुजित सिनाललाई सम्मान गरीएको हो ।

सुदूरपश्चिम जापान करातो डो कोशिकाई सितोरिया संघ नेपालले आयोजना गरेको तेस्रो ईन्डो नेपाल अन्तराष्ट्रिय कराँते च्याम्पियनशिप २०२५ को अवसरमा दुवै जना पत्रकारलाई सम्मान गरीएको हो ।

लामो समयदेखी पत्रकारिताको क्षेत्रमा लागेर खेलकुदको विषयलाई समाचारको माध्यमबाट आम जनसमुदायमा जानकारी दिएर खेलकुदको गरिमा माथी पुय्राएको वाफत सम्मान गररिएको सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्राण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंहले बताउनु भयो ।

पत्रकार राजेन्द्र विष्ट र सुजित सिनाल विगत २ दशकदेखी संचारको क्षेत्रमा सक्रिय रुपमा आवाज विहिनको आवाज बनेर समाजमा आफनो पहिचान बनाएर कार्यरत रहनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित