कञ्चनपुरको पुनर्वासमा करेन्ट लागेर एकजनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार सो नगरपालिकाका ६२ वर्षीय चन्द्रदत्त गौतमको करेन्ट लागेर मृत्यु भएको हो। बेलौरी विद्युत वितरण केन्द्र अन्तर्गतको सेवा तार चुँडिएर बाटोमा खसेको अवस्थामा गौतमलाई करेन्ट लागेको जनाइएको छ ।

भुईंमा खसेको तारमा अझै करेन्ट प्रवाह भइरहेका बेला बाटो प्रयोग गर्दै गरेका गौतम करेन्टमा परेपछि घटनास्थलमै उनको ज्यान गएको थियो।

घटनापछि स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। घटनाको प्रारम्भिक अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका जनाएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि बेलौरीस्थित श्रीपुर स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित