बेलडाँडी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई भव्य स्वागत

बेलडाँडी । बेलडाँडी गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत रामकिशन विकलाई भव्य स्वागत गरेको छ । हिजो प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर सेवा निवृत्तिमा गएपछि उनको ठाउँमा आएका विकलाई आज (शुक्रवार) विशेष कार्यक्रममार्फत स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा गाउँपालिका प्रमुख हरिशचन्द्र राना, जनप्रतिनिधी तथा पालिका कर्मचारीहरूले सहभागी भएर नयाँ हाकिमलाई फूलमाला,खादा र अबिरले स्वागत गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले बेलडाँडीमा प्रशासनिक नेतृत्व सम्हाल्न आएका विकप्रति हार्दिक शुभकामना व्यक्त गर्दै उनको कार्यकाल सफल र फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

गाउँपालिका प्रमुख रानाले नयाँ प्रमुख प्रशासकीय अधिकृतले जनताको अपेक्षाअनुसार पारदर्शी र छिटोछरितो सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे । उनले विगतका अनुभव र नेतृत्व क्षमताबाट पालिकाको समग्र प्रशासनिक कार्य अझै प्रभावकारी हुने उल्लेख गरे ।

कार्यक्रममा अन्य जनप्रतिनिधि र कर्मचारीहरूले पनि नयाँ हाकिमप्रति सहकार्य, पारदर्शिता, निष्पक्षता र जनमैत्री शैलीमा नेतृत्व दिनुपर्ने अपेक्षा राखे । उनीहरूले बेलडाँडीलाई सेवा प्रवाहमा उदाहरणीय बनाउने दिशामा विकको योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

स्थानीयवासीले पनि प्रमुख प्रशासकीय अधिकृत विकलाई खुलेर स्वागत गर्दै जनताको गुनासो सुन्ने र समाधान गर्ने नेतृत्व देखाउने अपेक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित