निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औं कार्य समिति निर्वाचनमा चन्द्रसिंह बिष्ट सदस्य पदमा उम्मेदवार

कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरको यही भाद्र २१ गते हुने १५औं कार्य समितिको निर्वाचनमा निर्माण व्यवसायी चन्द्रसिंह बिष्ट सदस्य पदमा उम्मेदवार बनेका छन् । दोधारा–चाँदनी नगरपालिका स्थित नागार्जुन बिल्डर्समार्फत उम्मेदवारी दिएका बिष्ट व्यवसायिक क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा समेत सक्रिय योगदानका कारण चर्चित व्यक्तित्वका रूपमा परिचित छन् ।

समाजसेवामा लामो समयदेखि संलग्न बिष्टले विभिन्न जिम्मेवारी बहन गर्दै आएका छन् । २०६१ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष अन्तर्गत तत्कालीन चाँदनी गाविसमा गठन भएको हिमालय उपभोक्ता समितिको सचिवका रूपमा पाँच वर्ष सेवा गरेर उनी सामाजिक काममा ख्याती कमाइसकेका थिए ।

२०६२/०६३ सालको जनआन्दोलनको दौरानमा उनी तत्कालीन चाँदनी गाविसबाट जनआन्दोलन परिचालन समितिको सह–संयोजक रहँदै अग्रपंक्तिमा सक्रिय रहे। आन्दोलनकै क्रममा प्रहरीको निर्मम कुटाइबाट घाइते समेत भएका बिष्टको नाम दन्दपीडित घाइतेको रेकर्डमा अझै उल्लेख छ । यसबाट उनी लोकतान्त्रिक आन्दोलनमा पनि सशक्त योद्धा रहेको देखिन्छ ।

शैक्षिक र भौतिक पूर्वाधार विकासमा पनि उनको योगदान विशेष छ । २०७३ सालमा भानु बहुमुखी क्याम्पसद्वारा सञ्चालित धनधान्याञ्चल ज्ञान महायज्ञको उपाध्यक्षका रूपमा नेतृत्व गर्दै उनले क्याम्पस विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । सोही वर्ष उनले सो क्याम्पसको निर्माण समिति अध्यक्ष भएर भौतिक संरचना निर्माणमा ऐतिहासिक जिम्मेवारी पूरा गरेका थिए ।

त्यसपछि बिष्टले नागार्जुन बिल्डर्सको व्यवस्थापन सम्हाल्दै बेलडाँडीसहित कञ्चनपुरका विभिन्न पालिकामा निर्माणका उत्कृष्ट काम सम्पन्न गरेका छन् । बेलडाँडी गाउँपालिकाले त उनको कम्पनीलाई ‘बेष्ट बिल्डर’ का नामले चिन्ने गरेका छन् । त्यस्तै, भीमदत्त नगरपालिका–५ कार्यालयले सडक विस्तार कार्य गुणस्तरीय र समयमा सम्पन्न गरेको भन्दै उनको प्रशंसा गर्दै प्रशंसा पत्र प्रदान गरिसकेको छ ।

समाजसेवी, प्रगतिशील व्यवसायी र संघर्षशील व्यक्तित्वका रूपमा स्थापित बिष्टको उम्मेदवारीले निर्माण व्यवसायी संघ कञ्चनपुरको नेतृत्वलाई थप सक्षम, पारदर्शी र व्यवसायमुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । संघका सदस्य र व्यवसायीबीच उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिइएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित