झिलमिला युवा समाजको ऐतिहासिक ह्याट्रिक, बेलडाँडी फुटबलमा लगातार तेस्रो उपाधि

बेलडाँडी । सुदूरपश्चिमेलीहरूको महान पर्व गौंरा पर्वकै सन्दर्भ पारेर बेलडाँडीमा अल स्टार युवा क्लबद्धारा आयोजना गरिने फुटवल प्रतियोगिताको उपाधि लगातार तेस्रो पटक झिलमिला युवा समाजले हात पार्दै आएको छ । भाद्र ७ गते देखि शुरु भएको ८औं संस्करण बेलडाँडी खुला नकआउट फुटबल प्रतियोगितामा झिलमिला युवा समाजले लगातार तेस्रो पटक उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।

झिलमिला युवा समाजले आफ्नो अपराजेय खेलकौशल प्रस्तुत गर्दै उपाधि मात्र जितेन, गाउँ र समाजको सान र गौरव पनि उच्च शिखरमा पु¥याएको छ । हिजो शनिबार साँझ भएको रोमाञ्चक फाइनल भिडन्तमा झिलमिला युवा समाज ‘बि’ ले दोधारा केएफसीलाई ०–२ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । हजारौँ दर्शकले खचाखच भरिएको मैदानमा झिलमिलाले पहिलो हाफमै अग्रता लिँदै खेललाई आफ्नो पक्षमा मोडेका थिए । दोस्रो हाफमा थपिएको गोलसँगै उपाधि सुनिश्चित भयो र मैदानभर झिलमिलाका समर्थकहरू हर्ष उल्लासमा रमाए ।

२०८० सालदेखि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको झिलमिला युवा समाजले यसअघि पनि लगातार दुई संस्करणमा उपाधि जितिसकेको थियो । यसपालिको सफलता झिलमिलाका लागि तेस्रो लगातार उपाधि (ह्याट्रिक) बनेको छ ।

विजेता बनेको झिलमिला युवा समाज ‘बि’ ले नगद ८२ हजार रुपैयाँ, आकर्षक ट्रफी र पदक हात पार्दा उपविजेता दोधारा केएफसीले ४५ हजार रुपैयाँसहित ट्रफी र पदकमा चित्त बुझायो ।

बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले ग्रामिण भेगमा खेलकुदको विकासका लागि यस्ता प्रतियोगिता प्रेरणादायी हुने बताउदै ग्रामीण क्षेत्रमा खेलकुदको माध्यमबाट प्रतिभा उजागर हुने भन्दै झिलमिलाको जीतलाई सम्पूर्ण बेलडाँडीकै जीतका रूपमा व्याख्या गरे ।
त्यस्तै, उपाध्यक्ष शान्ति नाथले पालिकाबाट खेलकुदका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाइन्। वडा नं. १ का अध्यक्ष गजबहादुर बिष्टले “आफ्नै वडामा भएको प्रतियोगिताले बेलडाँडीलाई खेलमय बनाएको छ” भनेका थिए। वडा नं. ५ का अध्यक्ष इन्द्र बहादुर खड्काले खेलकुद प्रवद्र्धनका लागि आवश्यक योजना ल्याइने प्रतिवद्धता जनाए ।

आयोजक क्लबका अध्यक्ष लोक बहादुर बलायरले ग्रामीण भेगमा खेलाडी उत्पादनदेखि राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले यस्तो प्रतियोगिता निरन्तर गर्दै आएको बताए । सचिव तथा रेफ्री विकास सिंह महताले गौंरा पर्वसँगै हुने प्रतियोगिताले बेलडाँडीमा खेलकुदलाई उत्सवको रूपमा स्थापित गराएको बताए ।

एन्फा कञ्चनपुरका महासचिव नितेश रावलले ग्रामीण भेगमै राम्रो खेलाडी उत्पादन हुने भन्दै झिलमिला र प्रतियोगिताले राष्ट्रिय फुटबललाई समेत टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो । उत्कृष्ट गोलरक्षक – झिलमिलाका कुम्ब देउवा, उत्कृष्ट डिफेन्डर – दोधाराका दिपेन सिंह, उत्कृष्ट मिडफिल्डर – संगम सरु मगर, सर्वाधिक गोलकर्ता – झिलमिलाका धिरेन्द्र बहादुर शाह, उदयमान खेलाडी – अल स्टार युवा क्लबका उमेश खडायत, प्रतियोगिताको उत्कृष्ट खेलाडी – झिलमिला युवा समाजका ज्ञानेन्द्र जोशी घोषित भए ।

अखिल नेपाल फुटबल संघद्वारा मान्यता प्राप्त रेफ्री मानबहादुर तामाङ, नारायण प्रसाद जोशी र विकास सिंह महताले प्रतियोगिता सञ्चालन गरेका थिए । हरेक वर्ष गौंरा पर्वकै अवसरमा आयोजना हुने यो प्रतियोगिताले बेलडाँडीलाई खेलकुदको उत्सवमय केन्द्रमा बदलिदिएको छ । यो परम्परा निरन्तरता पाउँदै जाँदा बेलडाँडी फुटबलको पहिचान मात्र होइन, सम्पूर्ण झिलमिला युवा समाजको गौरवशाली नाम अझ टाढासम्म फैलिएको छ ।

झिलमिला युवा समाजको लगातार तेस्रो उपाधिले झिलमिला मात्र होइन, सम्पूर्ण बेलडाँडीलाई गर्व गर्ने अवसर दिएको छ । खेलकुदमार्फत एकता, पहिचान र गौरवलाई बलियो बनाउँदै आएको झिलमिला युवा समाज अब कञ्चनपुरमा मात्र होइन, सुदूरपश्चिम स्तरमै चिनिने अभिलाषा बोकेर अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित