मलामीबाटै खेलमैदान, उपाधि जित्दा आँसु र खुसी एकैसाथ

बेलडाँडी । जीवन र मृत्युको यथार्थ यति नजिकै आउँछ भन्ने शायद बेलडाँडीको खेलमैदानले पहिलोपटक अनुभव ग¥यो । एकातिर क्लबका अग्रज साथीको मलामी, अर्कोतिर उपाधिको रोमाञ्च-यही द्वन्द्वले मैदानलाई असाधारण बनायो ।

अल स्टार युवा क्लबद्वारा आयोजित आठौँ संस्करणको खुला फुटबल प्रतियोगिताको फाइनल खेल तोकिएको समयभन्दा करिब ४ घण्टा ढिलो सुरु भयो । ढिलाइको कारण झिलमिला युवा समाजका ३८ वर्षीय सदस्य नारायण रोकायाको असामयिक निधन थियो । उपचारको क्रममा जीवनसँगको अन्तिम संघर्ष हार्दै रोकाया परलोक गएका थिए ।

उनको अन्तिम दाहसंस्कारमा सहभागी भएर मलामी बाट फर्किएका खेलाडीहरू सीधा खेलमैदान पुगे । खेलाडीहरूको अनुहारमा दुःखका छाया स्पष्ट देखिन्थे, आँखामा अझै मलामीको धुलो अनि पीडाको आँसु टल्किरहेका थिए । मैदानमै एक मिनेट मौनधारण गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरियो, अनि सुरु भयो शोक र खेलबीचको अद्भुत यात्रा ।

दुःखी मन लिएर मैदान छिरेका झिलमिलाका खेलाडीहरूले जब पहिलो हाफमै अग्रता लिए, दर्शकहरू तालिमा रमाए तर खेलाडीहरूको अनुहारमा भने मुस्कान भन्दा आँसु बढी झल्किएको थियो । दोस्रो हाफमा थपिएको गोलसँगै उपाधि जिते पनि, उनीहरूको खुसी अभिभावक (साथी) गुमाएको पीडासँगै गह्रौँ बन्यो ।

हजारौँ दर्शकले खचाखच भरिएको मैदानमा उपाधि जित्दा हर्षध्वनि गुञ्जियो । तर झिलमिला परिवारभित्र भने त्यो उल्लास मलामीसँग मिसिएर मार्मिक बन्यो । साथी गुमाएर मैदानमा उत्रिएका खेलाडीहरूले उपाधि जिते पनि, उनीहरूको मनमा एउटा मात्र आवाज घन्किरहेको थियो-“नारायण दाइ, यो जित तपाईंलाई समर्पित छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित