बेलडाँडी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । तर पेट्रोल र एल.पी. ग्यासको मूल्य भने यथावत नै राखिएको छ ।
निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सोमबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँले मूल्य घटाइएको छ । त्यस्तै, आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनमा प्रति लिटर १ रुपैयाँले र अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा आपूर्ति हुने हवाई इन्धनमा प्रति किलोलिटर अमेरिकी डलर ७ ले कमी गरिएको छ ।
निगमले पेट्रोलमा मूल्य घटेर आएको भए पनि बिक्री मूल्य यथावत राखिएको जनाएको छ । एल.पी. ग्यासमा पनि कुनै समायोजन गरिएको छैन ।






















Discussion about this post