दार्चुलामा अटो रिक्सा दुर्घटना : ११ वर्षीया बालिकाको मृत्यु, २ जना बेपत्ता

दार्चुला – जिल्लाको नौगाड गाउँपालिका–५ सौकेबगरमा यात्रु बोकेको अटो रिक्सा अनियन्त्रित भई होपरी खोलामा खस्दा एक बालिकाको ज्यान गएको छ भने दुई जना अझै बेपत्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार दुर्घटनामा परी ११ वर्षीया बालिकाको मृत्यु भएको हो। घटनापछि हराइरहेका दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

नौगाडबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ख ११४८ नम्बरको अटो रिक्सा आइतबार अनियन्त्रित भई खोलामा खसेको हो। सो दुर्घटनामा नौगाड गाउँपालिका–६ का चालक मनिराम भुल र उनका छोरा आयुस भुल घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको बताइएको छ।

दुर्घटनाग्रस्त अटोमा चालकसहित पाँच जना सवार रहेका थिए। खोलामा खसेपछि तीन जना बेपत्ता भएका मध्ये एक बालिकाको शव भेटिएको हो भने अन्य दुईको अवस्था अज्ञात रहेको छ। घटनास्थलमा प्रहरीले स्थानीयवासीसँगको सहकार्यमा उद्धार कार्य तीव्र पारेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित