भीमदत्तकी उपप्रमुख निलम लेखक जोशीको तुरुन्तै सक्रियता : बाढीग्रस्त क्षेत्रमा पुगेर जनतालाई आश्वस्त

भीमदत्त । भीमदत्त नगरपालिका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख निलम लेखक जोशी संघीय राजधानी काठमाडौंमा काम विशेषले व्यस्त भइरहँदा पनि हिजो-अस्ति आएको वर्षा बाढीको खबर सुन्नासाथ तत्काल जिल्ला पुगिन्। आज उनले वडा नम्बर ९ र १० का विभिन्न ठाउँमा पुगेर बाढीले पुर्‍याएको क्षति प्रत्यक्ष अवलोकन गरिन्।

अनुगमनका क्रममा कल्भट तथा सडकमा भएको क्षति तत्कालै मर्मत गर्ने र ठूलो बजेट लाग्ने संरचनाको पुनर्निर्माणका लागि संघीय तहमा पहल गर्ने प्रतिबद्धता जोशीले जनाइन्।

नगरबासीको मन जित्दै लोकप्रिय बन्दै गएकी उपप्रमुख जोशीको सक्रियता जनतामाझ प्रशंसा हुने किसिमकै छ। उनले निर्वाचित भए यता निरन्तर सामाजिक कामलाई प्राथमिकतामा राख्दै आएकी छन्। हालै तीज पर्वको अवसरमा जनप्रिय काम गरेको भन्दै विभिन्न संघ-संस्थाबाट सम्मान पाएको उनको छवि अझ चम्किएको छ।

शिक्षित प्रतिनिधि भएको फाइदा के हुन्छ भन्ने उदाहरण नै उपप्रमुख जोशी बनेकी छन्। जनताका समस्या बुझेर समाधानमा लाग्ने उनको क्षमता देख्दा स्थानीय भन्छन्, “यस्तै प्रतिनिधि भयो भने नगरमा दुःख–कष्ट पर्न दिँदैन।”

तर, यतिबेला धेरै पालिकामा अशिक्षित जनप्रतिनिधी हुँदा काम ढिलासुस्ती हुने, नीति अनुसार अघि बढ्न नसक्ने र भत्तामा मात्र ध्यान दिने प्रवृत्ति छाएको भन्ने स्थानीयको गुनासो छ। सरकारको उद्देश्य अपराध-विवादजन्य घटना घटाउने भए पनि अशिक्षित प्रतिनिधीका कारण उल्टै घटना दर्ता बढेको जनताको आरोप छ। त्यसैले नगरबासी भन्छन्, “जोशी जस्तै शिक्षित प्रतिनिधि भए मात्र जनताको पीडा बुझिन्छ, समाधान हुन्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित