फेसबुकले देखायो सूचीकरणको चासो, ‘हाम्रो पात्रो’ भने बन्द नहुने

काठमाडौँ । सरकारले बन्द गर्ने सूचीमा परेका सामाजिक सञ्जालमध्ये ‘हाम्रो पात्रो’ भने तत्कालै बन्द नहुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार ‘हाम्रो पात्रो’लाई ह्वाइट लिस्टमा समावेश गरिएको छ ।

बिहीबार सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि ‘हाम्रो पात्रो’ सूचीकरणका लागि पहल गर्दै मन्त्रालयमा सम्पर्क गरेको थियो । प्रवक्ता ठाकुरले यसलाई ह्वाइट लिस्टमा राखिएकोले प्रयोगकर्ताले निस्फिक्री उपयोग गर्न सक्ने बताए ।

यसैबीच, फेसबुकको मूल कम्पनी मेटाले पनि नेपालमा सूचीकरणका लागि चासो देखाएको छ । प्रवक्ता ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित कर्मचारीले मन्त्रालयसँग आवश्यक कागजातबारे जानकारी मागेको र सो अनुरोधको जवाफ पठाइसकिएको छ । तर, मेटाका सामाजिक सञ्जाल प्लेटफर्महरू भने हालसम्म ह्वाइट लिस्टमा नपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित