बेलडाँडी लगायत आसपास क्षेत्रमा ह्वात्तै कुखुराको मासुको मूल्य बढ्यो

बेलडाँडी । भारतको सीमावर्ती क्षेत्रमा बर्ड फ्लु संक्रमण देखिएपछि कञ्चनपुरको सीमा क्षेत्रका बजारमा कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको बर्ड फ्लु नियन्त्रण समितिले संक्रमण जिल्लाभित्र पस्न नदिन किसान, व्यापारी र स्थानीयवासीलाई सचेत बनाउन अभियान थालेसँगै बेलडाँडी, कलकत्ता, बेलौरी र पुनर्वास क्षेत्रमा मासुको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको हो।

व्यवसायीभन्दा बढी विचौलियाले कृतिम अभाव सिर्जना गरी मूल्य बढाएको बताइन्छ। बेलडाँडी गाउँपालिकाको चवन्नी क्षेत्रमा रहेका कुखुरा कटिङ सेन्टरहरूले केही दिनअघि प्रतिकिलो रु. ३०० देखि ३५० मा विक्री गर्ने मासु अहिले बढाएर रु. ५०० पुर्याएका छन्।

अनुगमन समिति निष्क्रिय भएपछि विचौलियाहरूले मनपरी गरेको आरोप छ। स्रोतका अनुसार कतिपय दिन प्रहरी र शसस्त्रलाई समेत छल्दै भारतीय कुखुरा नेपाल भित्र्याई ‘नेपाली कुखुरा’का नाममा महँगोमा बेच्ने काम भइरहेको छ।

भारतीय सञ्चारमाध्यमले सीमावर्ती उद्यमसिंहनगर र बागेश्वर क्षेत्रमा बर्ड फ्लु पुष्टि भएको समाचार सार्वजनिक गरेपछि कञ्चनपुरलाई उच्च जोखिम क्षेत्रको रूपमा लिइएको छ। पुनर्वास, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनी र भीमदत्त नगरपालिकालाई संवेदनशील क्षेत्र मानेर प्रशासन सतर्क रहेको छ।

यता बेलडाँडी लगायत आसपासका बजारमा अझै पनि फर्मालिन प्रयोग गरिएका माछा खुलेआम बिक्री भइरहेको स्थानीयवासीको गुनासो छ फर्मालिन सामान्यतया मृत शरीर सुरक्षित राख्न प्रयोग गरिन्छ। तर दलालहरूले समुद्री माछा ताजा देखाउनकै लागि यसलाई प्रयोग गर्ने गरेको पाइएको छ, जसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने विज्ञहरूको चेतावनी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित