रौलेश्वर क्याम्पसमा आज चुनावी घमासान, भट्ट, जोशी र पण्डितमा कसले सम्हाल्ला नेतृत्व ?

बेलडाँडी । बेलडाँडी गाउँपालिका–२ स्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा आज शनिबार नयाँ सञ्चालक समिति चयनका लागि चुनावी घमासान हुँदैछ । अभिभावक सदस्यबीच सहमति जुट्न नसकेपछि अन्ततः क्याम्पस प्रशासनले निर्वाचनमार्फत नेतृत्व तय गर्न लागेको हो ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धनप्राप्त क्याम्पसको चौथो सञ्चालक समिति गठनका लागि बिहान ८ बजेदेखि २ बजेसम्म मतदान हुने कार्यक्रम तय भएको छ । क्याम्पस प्रमुख प्रयागराज जोशीका अनुसार अध्यक्षसहितका पदाधिकारीमा पटक–पटक सहमति खोजिए पनि असफल भएपछि अन्ततः निर्वाचनको बाटो रोजिएको हो ।

अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा

अध्यक्षका लागि ईश्वरीदत्त भट्ट, पवनकुमार जोशी र पुष्पकमल पण्डित प्रतिस्पर्धामा छन् । यसअघि अध्यक्षसमेत रहेका भट्ट फेरि नेतृत्व सम्हाल्ने र क्याम्पसका अधुरा कार्य पूरा गर्ने रणनीतिसहित मैदानमा छन् । स्वास्थ्यकर्मी पवनकुमार जोशीले बेलडाँडीको उच्च शिक्षामा सुधार गर्ने एजेन्डा अघि सारेका छन् भने पूर्वविद्यार्थी एवं स्थानीय जनप्रतिनिधि भइसकेका पुष्पकमल पण्डितले गाउँकै क्याम्पसलाई आधुनिक र प्रभावकारी बनाउन नेतृत्व लिने दाबी गरेका छन् ।

सदस्यतर्फ ठूलो भिडन्त

पाँच खुला सदस्यतर्फ ११ उम्मेदवारले नाम दर्ता गराएका छन् । जसमा मदनसिंह खत्री, नरेन्द्रबहादुर रोकया, महेश विष्ट, सुकन्दराज सोती, चक्रबहादुर शाह, भुवनेश्वर पण्डित, वीरबहादुर विष्ट, वीरबहादुर बडुवाल, सञ्जीवविक्रक सिंह (धुव्र), वेदप्रकाश जोशी (प्रकाश) र महेशराज जोशी छन् ।

त्यसैगरी दुई बुद्धिजीवी सदस्यका लागि वीरबहादुर सिंह (ठकुरी), रामबहादुर जैसी, जयलाल भट्ट र राधाकृष्ण पाठकबीच प्रतिस्पर्धा हुनेछ ।

निर्विरोध उम्मेदवार

दुई महिला सदस्यमा लोकमाया जेठारा र कलावती देवी बम निर्विरोध निर्वाचित भएका छन् भने आदिवासी, जनजाति तथा दलित सदस्यतर्फ लक्ष्मण सुनार निर्विरोध भएका छन् ।

१७२ मतदाता, नेतृत्वप्रति उत्सुकता

वि.सं. २०६४ सालमा ग्रामीण भेगका विद्यार्थीलाई गाउँमै उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको क्याम्पसमा हाल १७२ आजीवन सदस्य छन् । यही सदस्य नै आजको निर्वाचनका मतदाता हुनेछन् ।

स्थानीय अभिभावक तथा सरोकारवालाले क्याम्पस सुधार र गुणस्तरीय शिक्षा विस्तारमा प्रतिबद्धता जनाउने नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् । बेलडाँडीको शैक्षिक भविष्य को हातमा पर्ला भन्ने उत्सुकतामाझ अहिले रौलेश्वर क्याम्पस चुनावी माहोलले साँच्चिकै रंगीन भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित