बेलडाँडी । बेलडाँडी गाउँपालिका–२ स्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको सञ्चालक समिति गठनका लागि भइरहेको निर्वाचनमा दिउँसो १:१५ बजेसम्म १४६ मत खसेको छ। निर्वाचन संयोजक प्रयागराज जोशीका अनुसार कुल १७२ मतदाता रहेकामा मतदान प्रक्रिया शान्तिपूर्ण ढंगले जारी छ। मतदान २ बजेसम्म चल्नेछ।
अध्यक्ष पदका लागि तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ। यसअघि अध्यक्ष भइसकेका ईश्वरीदत्त भट्टले अधुरा काम पूरा गर्ने रणनीतिसहित उम्मेदवारी दिएका छन्। स्वास्थ्यकर्मी पवनकुमार जोशीले बेलडाँडीको उच्च शिक्षामा सुधार गर्ने एजेन्डा अघि सारेका छन् भने पूर्वविद्यार्थी तथा स्थानीय जनप्रतिनिधि भइसकेका पुष्पकमल पण्डितले क्याम्पसलाई आधुनिक र प्रभावकारी बनाउन नेतृत्व आवश्यक भएको दाबी गरेका छन्।
खुला सदस्यतर्फ पाँच सिटका लागि ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा मदनसिंह खत्री, नरेन्द्रबहादुर रोकया, महेश विष्ट, सुकन्दराज सोती, चक्रबहादुर शाह, भुवनेश्वर पण्डित, वीरबहादुर विष्ट, वीरबहादुर बडुवाल, सञ्जीवविक्रक सिंह (धुव्र), वेदप्रकाश जोशी (प्रकाश) र महेशराज जोशी रहेका छन्।
त्यसैगरी, दुई बुद्धिजीवी सदस्यका लागि वीरबहादुर सिंह (ठकुरी), रामबहादुर जैसी, जयलाल भट्ट र राधाकृष्ण पाठकबीच प्रतिस्पर्धा हुँदैछ।
महिला सदस्यतर्फ लोकमाया जेठारा र कलावती देवी बम निर्विरोध निर्वाचित भएका छन् भने आदिवासी, जनजाति तथा दलित सदस्यतर्फ लक्ष्मण सुनार निर्विरोध चयन भएका छन्।





















Discussion about this post