दुबै गठबन्धन ढाल्दै रौलेश्वर क्याम्पसको अध्यक्षमा पुष्पकमल पण्डित विजयी

बेलडाँडी । बेलडाँडी गाउँपालिका–२ स्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा पुष्पकमल पण्डित विजयी भएका छन् । संचालक समितको चयनका लागि आज भएको मतदानमा १५२ मत खसेका थिए कलमतदाता १७२ रहेका थिए । पण्डितले ६१ मत ल्याउँदै नजिकैका प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् ।

अध्यक्षका अन्य उम्मेदवारमध्ये पवनकुमार जोशीले ५० र ईश्वरी भट्टले ३४ मत प्राप्त गरेका थिए । जोशी काँग्रेस, समाजवादी र क्रान्तिकारी गठबन्धनको समर्थनमा रहेका थिए भने भट्ट माओवादी–एमाले निकट गठबन्धनको समर्थनमा उत्रिएका थिए । तर, कुनै गठबन्धनमा नजोडिएका पण्डितले दुबै गठबन्धनलाई परास्त गर्दै विना प्यानल विजयी भएका हुन् ।

खुला सदस्यतर्फ पाँच सिटका लागि ११ उम्मेदवारबीच भएको प्रतिष्पर्धामा भुवनेश्वर पण्डित (८२ मत), नरेन्द्रबहादुर रोकया (८१ मत), वीरबहादुर बडुवाल (८१ मत), महेश बिष्ट (६३ मत), प्राप्त गर्दै बिजयी भए भने मदन खत्री र सञ्जीवविक्रम सिंह ‘धुव्र’ बराबरी ६२/६२ मत प्राप्त गरेपछि खत्रीले सिंहलाई समर्थन गरेका थिए । दुई बुद्धिजीवी सदस्यमा वीरबहादुर सिंह (ठकुरी) ७२ मत र जयलाल भट्ट ६९ मत ल्याउँदै विजयी भएको निर्वाचन संयोजक प्रयागराज जोशीले जानकारी गराउन भयो ।

उहाँका अनुसार महिला सदस्यमा लोकमाया जेठारा र कलावती देवी बम निर्विरोध निर्वाचित भए भने आदिवासी, जनजाति तथा दलित सदस्यमा लक्ष्मण सुनार निर्विरोध चयन भएको जनाए ।

यससँगै पण्डित नेतृत्वको नयाँ सञ्चालक समिति गठन भएको छ । गठबन्धन बाहिर रहेर पनि पण्डितले दुई ठूला प्यानललाई हराउनु क्याम्पसको राजनीतिमा महत्वपूर्ण मोडको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित